Logo

खलंगा देखि फलाबाङ्गको पुतलीबजार सम्म गाडी पुगे पछि स्थानीयबासीमा खुशीयाली



Spread the love

salyan_rukum_yatayat

सल्यान खलंगा देखि फलाबाङ्ग वडान ७ पुतली बजार सम्म आज पहिलो पटक गाडी पुगेको छ । यात्रुहरुलाई सहज र आरमदायी यात्रा दिनको लागि सल्यान जिल्लाको अग्रनिय संस्था सल्यान रुकुम यातायात व्यवसायी समितिले सल्यान खलंगा देखि फलाबाङ्गको पुतलीबजार सम्म पहिलो पटक आज एक कार्यक्रमका बिच गाडी उद्घाटन गरी यातायात सेवा सञ्चालनमा ल्याएको हो ।

स्थानीय व्यापारी भोला प्रसाद रावतको अध्यक्षतामा सम्पन्न भएको गाडी उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा सल्यान रुकुम यातायात व्यवसायी समितिका अध्यक्ष लोकमान बुढाथोकीले पौराणिक इतिहास बोकेको फलाबाङ्गमा यातायातको सुविधा नहुनु सल्यानी जनताहरुको लागि दुर्भाग्य भएको बताएका छन् ।

विकासको महत्त्वपूर्ण आधार यातायात क्षेत्र भएकाले फलाबाङ्ग देखि सदरमुकाम सम्म सिधा यातायात सेवा नहुनुले आफूलाई दुखी तुल्याएको बताए । बुढाथोकीले लुहाम देखि गाविसले बिनियोजन गरेर निर्माण गरेको सडकको स्थिति ठिकै देखिए पनि शाघुरा घुम्तीका कारण गाडी सञ्चालनमा केही समस्या देखिने भएकाले यश तर्फ सम्बन्धित निकाएलाई ध्यान दिन समेत आग्रह गरे, फरक प्रसङ्गमा बुढाथोकीले नेपाल सरकारले यातायात क्षेत्रमा निश्चित मापदण्ड भित्र्याउन नसक्दा यातायात व्यवसायमा बिकृर्ती देखिएको र यसको चपेटामा ग्रामीण स्तरका जनाताहरु परिरहेको बताएका छन् ।

पछिल्लो समयमा प्रालिको नाममा चिल्लो रोड्मा मात्र गाडी दौडाउने प्रथाले ग्रामीण स्तरमा यातायाको सेवा पुग्न नसकेको भन्दै  प्रा.लिको नाममा पूर्वमा चलेका पुराना गाडी ल्याई अस्वस्थ प्रतिस्पर्धा गराउनुले वास्तविक व्यवसायीहरू धरापमा पर्दै गएको बताए । नेपाल सरकारले निर्धारण गरेको भाडा दरमा पनि बार्गेनिङ गर्नु पर्ने पछिल्लो अवस्थाले गाडीको लगानी उठाउन र किस्तानै तिर्न धौधौ परेपछि उक्त समस्या देखिएको जानकारी दियका हुन।

सदरमुकाम देखि फलाबाङ्गको पुतलिबजार सम्मको यातायात सेवा नियमित सञ्चालन गर्ने प्रतिबद्धता गरेका अध्यक्षले जनताहरुले पनि जनताको घरदैलोमा निस्वार्थका साथ आफ्न गाडीहरु सञ्चालन गर्ने यातायात व्यवसायी समितिकै साथ रहनुहुन अनुरोध गरेका छन् ।

कार्यक्रममा नेकपा एमाले फलाबाङ्ग गाउँ कमिटीका अध्यक्ष कुल बहादुर भण्डारी लगाएतका व्यक्ति हरुले मन्तव्य राखेका थिय भने सल्यान रुकुम यातायात व्यवसायी समितिका कार्यसमिति सदस्य राजेन्द्र कुमार थापा, प्रशासनिक इन्चार्ज छतेन्द्र हमाल, डाईल इन्चार्ज सोभाकर थापा (सुनिल) लगायत अन्य शिक्षक बुद्धिजीवी,सर्वसाधारणको बाक्लो उपस्तिथि रहेको थियो ।

सल्यान खलंगा बाट पहिलो पटक फलाबाङ्गको पुतली बजार पुगेको लु १ ज ३०४९ नम्बरको गाडी चालक दिनेश केसी र अध्यक्ष लगायत यातायातको सम्पूर्ण टोली लाई फुलमालाले स्थानीय बासिहरुले स्वागत गरेका थिय।

पुतलीबजारमा गाडी पुगेपछी श्रीनगर, खलंगा जानाको लागि लुहाम झरेर दाङबाट आउने गाडी पर्खनु पर्ने बाध्यताको अन्त्य  भएको भन्दै समयमै कामकाज सकी घर फर्कन सकिने भएकाले फलाबाङ्ग बासिहरुलाइ खुसी तुल्याएको स्थानीय व्यापारी शकंर भण्डारीले बताए । फलाबाङ्गको  लागि खलंगा बाट दिउँसो ३ बजे र फलाबाङ्ग बाट खलंगाको बिहान ७ बजे नियमित गाडी सञ्चालन गरिने डाइल इन्चार्ज सोभाकर थापा सुनिलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्