Logo

ज्ञानेन्द्रकी छोरी प्रेरणाको ‘दाइजो’ अब सरकारको नाममा



Spread the love

prena-shaha

सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजो दिएको काठमाडौँ छाउनीस्थित १५ रोपनी एक आना जग्गा  सरकारको भएको फैसला सुनाएको छ । सर्वोच्च अदालतले आफ्नै पूर्वनिर्णय उल्टाउँदै फैसला सुनाएको हो ।

सरकारले राजतन्त्र हटेपछि दरबार र राजा वीरेन्द्रसहित उनका परिवारको सम्पत्तिलाई नेपाल ट्रष्टको नाममा गर्ने निर्णय गरेको थियो।

दोस्रो जनआन्दोलनपछि पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पत्ति खोजविन गर्ने क्रममा नेपाल ट्रष्टको कार्यालयले छाउनीको यो जग्गा सरकारको नाममा गर्ने निर्णय गरेको थियो  ।  सरकारले निर्णय गर्नुभन्दा अघि नै छाउनीको उक्त जग्गा आफूले दाइजो पाएकाले ट्रष्टमा गाभ्ने अधिकार सरकारलाई नभएको भन्दै प्रेरणा सर्वोच्च गइकि थिइन  ।

तत्कालीन प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले १ अर्बभन्दा बढी मूल्य पर्ने उक्त जग्गा प्रेरणालाई फिर्ता गर्न आदेश दिएको थियो ।

त्यसविरुद्ध सरकारले दर्ता गरेको देवानी मुद्दामा प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीशद्वय सपना मल्ल प्रधान र दीपक कार्कीको इजलासले पुरानो फैसला बिहीबार उल्टाएको छ ।

कित्ता नम्बर २५ को उक्त घरजग्गा काठमाडौँ महानगरपालिका-१३ छाउनीमा छ। घरजग्गाको क्षेत्रफल ०७६६४.६० वर्गमिटर छ।

ज्ञानेन्द्रले ०६२ मा आफ्नी छोरी प्रेरणालाई दाइजो दिएका थिए । जबकी उनको बिहे ०५९ मै भएको थियो ।

प्रतिक्रिया दिनुहोस्