Logo

२०७३ को प्रतिच्छित फिल्म ‘लुट २’ को ट्रेलर सार्वजनिक(हेर्नुहोस भिडियो)



Spread the love

फागुन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको बर्ष २०७३ को प्रतिच्छित चलचित्र “लुट २”को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बीच निर्माणपक्षले चलचित्र “लुट २”को ट्रेलर सार्वजनिक गरेको हो ।ट्रेलरमा द्वन्द्व अनि सस्पेन्सलाई प्राथमिकता दिईएको छ । ट्रेलरले दर्शकलाई फिल्मप्रति कौतुहलता समेत सृजना गर्छ । सार्वजनिक ट्रेलरमा हाकु कालेले बैंक लुटेर धोका दिएपछि नरे, गोफ्ले, पाण्डे र खत्री लगायतले कसरी हाकु कालेलाई दुख दिन्छन् भन्ने देखाउन खोजिएको छ ।

सौगात मल्ल, कर्म, दयाहाङ राई, ऋचा शर्मा, विपिन कार्की, कामेश्वर चौरसिया लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘लुट २’ को कथा, पटकथा तथा निर्देशन निश्चल बस्नेतको हो । माधव वाग्ले र नरेन्द्र महर्जनको लगानीमा निर्माण भएको चलचित्र ‘लुट २’ २०६९ सालमा प्रदर्शनमा आएको ब्लकबस्टर चलचित्र ‘लुट’को दोस्रो भाग हो ।

निर्देशक निश्चलले यसअघि नै पहिलो सिक्वेल ‘लुट’को विषयवस्तु भन्दा केहि भिन्न कथामा तयार भएको बताईसकेका छन् । ‘फिल्मले ‘लुट’ले छाडेको कथालाई निरन्तरता दिनेछ सँगसँगै पछिल्लो समय जनताहरु मारमा परेको ‘भूकम्प, नाकाबन्दी, अपराधका घटनाहरुलाई पनि फिल्मले पर्दाफास गर्नेछ; निश्चलले सुनाए ।

हेर्नुहोस  ट्रेलर…

https://youtu.be/nX2fcXN_Yks

 

प्रतिक्रिया दिनुहोस्