Logo

मन्दिर र उद्यान निर्माणका लागि जग्गा दान



Spread the love

१३ मङ्सिर, धादिङबेँसी – प्रगतिशील महिला शीतल पार्क र शिव मन्दिर निर्माणका लागि एक दाताले रु २० लाख मूल्य बराबरका जग्गा दान गरेका छन् ।

नीलकण्ठ नगरपालिका–३ का ७४ वर्षीया शिवकुमारी थापा मगरले आफ्नो नाममा दर्ता रहेको नक्सा नं ५ च का कित्ता नं ५७९७ को आठ आना जग्गामध्येबाट शीतल पार्क तथा शिवमन्दिर निर्माणका लागि उक्त मूल्य बराबरका दुई आना एक पैसा दुई दाम जग्गा दान गरेका हुन् ।

जग्गा भएकै ठाउँमा आज बिहान आयोजित स्वामित्व हस्तान्तरण तथा सम्मान कार्यक्रममा निर्माण समितिका अध्यक्ष उमा तिमिल्सिनालाई दाता शिव कुमारीले दानपत्र कागज हस्तान्तरण गरे ।

दान दिएको जग्गा अरुण खोलाको किनारमा करीब १० आना सार्वजनिक जग्गासँगै जोडिएको छ ।

प्रगति टोल सुधार समितिका अध्यक्ष गणेशकुमार खाँडको अध्यक्षतामा भएको सो कार्यक्रममा दाता शिव कुमारीलाई दोसल्ला ओढाई फूलमाला र अबिर लगाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्