Logo

आँफैले आँफैलाई मार्ने ३ प्रसिद्ध व्यक्तित्वहरू….



Spread the love

१५ मङ्सिर, काठमाडाैं – मान्छेलार्इ हरेक प्रकारको भोकले सताइरहेको हुन्छ । हरेक मानिस मान , सम्मान , धन ,दाैलत तथा दिग्विजय गर्ने महत्वकांक्षा बोकेर हिडेको हुन्छ । तर हरेकले अाफूले गरेको संघर्ष अनुसार सफलता पाउन भने नसक्छन् । कतिपयलार्इ भने अाफ्नै अायुले साथ दिदैन । ठूला – ठूला सपना सजाउँदै गर्दा कहिले नउठ्ने गरी निदाउँछन् ।

छुट्टा छुट्टै भुगोल , छुट्टै अनुहार र छुट्टै सोचार्इ यीनै प्रमुख तत्व हुन् जसले हरेक व्यक्तिलार्इ फरक गुण प्रदान गरेका हुन्छन् । सोचार्इमा नै पृथकता भएपछि जीवनका अन्य पाटामा मानिस समान हुन सायद सम्भव नहोला । त्यसैले त कोहि जुन चिज पाउन जीवनभर भाैतारिन्छ अनि कोही भने पाएका कुरालार्इ पनि चटक्कै माया मारेर नदेखिएको विश्वको यात्रा तय गर्छन् । जसलार्इ हामि अात्महत्याका नामले पनि चिन्छाैँ ।

अाश्चर्यताले नै भरिएको पृथ्वीमा अात्महत्या पनि एउटा अाश्चर्य नै हो । अात्महत्याको सामान्य बुझार्इ भनेको मान्छेले जब असह्य पिडा पाउँछ तब उसले अन्तिम छुटकाराका लागि अात्महत्या रोज्छ भन्ने छ । तर विश्वमा अात्महत्या रोज्ने यस्ता मानिसहरू पनि छन् जसको शब्दकोशमा अभाव भन्ने कुनै शब्द नै पाइन्न । यी विश्वप्रसिद्ध व्यक्तिहरू जसले सम्पन्नताका बाबजुद पनि अात्महत्यालार्इ नै मृत्युको कारण बनाए ।

१. एडोल्फ हिटलर

प्रथम विश्वयुद्धलार्इ प्रत्यक्ष नियालेर दोश्रो विश्वयुद्धमा खल नायकको रूप लिने व्यक्ति हुन् एडोल्फ हिटलर । सामान्य सिपाही , नेता , तथा चान्सलर हुँदै हिटलरले सन् १९३९ देखि १९४५ सम्म विश्वमा रणसंग्राम मच्चाए । दोश्रो विश्वयुद्धका तथ्याँकहरूले यहि युद्धका दाैरान ६ वर्षमा ६० लाख जनाले ज्यान गुमाए । जसको कारण हिटलरलार्इ नै लिने गरिन्छ । संसारका हरेक कुनामा रहने मान्छेलार्इ अाफ्नो नाम सुन्ने बित्तिकैै सास फेर्न बिर्सन योग्य बनाएका हिटलरले अाफ्नो जीवनको अन्त भने अात्महत्याबाट गरे । सन् १९४५ अप्रिल २० का दिन उनले अाफ्नो इज्जतमा धब्बा लाग्ने विचार गरेर अात्महत्या गरे ।

 

२. टिम बर्गलिङ – अभिचि

” Wake me up “ जस्ता थुप्रै कर्ण प्रिय गीत गाएका तथा दर्जनाै गीतहरूमा संगित भरेका अभिचिले पनि अाफ्नो जीवनको अन्त्य गर्ने अन्तिम उपाय अात्महत्यालार्इ नै बनाए । रिपोर्टहरूका अनुसार अभिचि शारीरिक रूपमा अस्वस्थ हुँदै गएकाले उनको म्युजिक करियर पनि अोरालो लाग्दै गयो । खस्कँदो शारिरिक अवस्था र अाफ्नो सांगितिक यात्राको अोरालोपनले उनलार्इ डिप्रेशन हुँदै अात्महत्या सम्म डोर्यायो । सन् १९८९ मा जन्मेका उनले सन् २०१८ अर्थात् अाफ्नो युवापनमा नै जिन्दगीलार्इ बिट मार्ने निधो गरे ।

 

३. भर्जिनिया उल्फ

“To the Lighthouse” जस्ता  दर्जनौ कृतिकी  लेखिका  भर्जिनिया उल्फ अंग्रजी साहित्यको एक प्रसिद्ध नाम हो  । अंग्रेजी साहित्य पढ्ने हर कोहिले पनि भर्जिनिया उल्फ र उनका कृति पढ्नै पर्ने हुन्छ ।

नत्र उसले अंग्रेजी साहित्य पढेको नै छैन भन्ने जस्ता मत राख्नेहरूको संख्या पनि कुनै कम छैन । सन् १८८२ मा जन्मिएकी उल्फले सन् १९४१ मा अाफुले अाफैलार्इ नै अन्त्य गर्ने निर्णय गरिन् ।

 

प्रतिक्रिया दिनुहोस्