Logo

पत्यार लागेन? पढ्नुहोस् विधि, एउटा आलुले ४० दिनसम्म बत्ती बाल्न सकिने



Spread the love

potato - electricity

बत्ती  बाल्नका लागि बिजुली नभएमा आलु लाई पनि प्रयोग गर्न सकिन्छ भनेको कुरा सुन्दा तपाईं लाई पक्कै पनि अच्चम्म लाग्न सक्छ । तर यो कुरा सत्य साबित भएको छ । जेरुशेलमको हिब्रु युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले आलुबाट बत्ती बाल्न सकिने र यसले विश्वका गरिब गाउँ बस्तिलाई पनि उज्यालो बनाउन सकिने जनाएका छन् । अनुसन्धानकर्ता मध्येका एक इजरायलको हिब्रु विश्वविद्यालयका अनुसन्धानकर्ता रोबिनोविचका अनुसार एउटा आलुबाट ४० दिनसम्म एउटा एलइडी बल्ब बाल्न सकिने बताइएको छ । आलुबाट बिजुली निकाल्नका लागि आलुलाई आठ मिनेट उमाल्नु पर्ने बताइएको छ । यसरी आलु उमाल्दा त्यसभित्र रहेका इलेक्ट्रोनको चहलपहल बढ्ने र त्यसले बढी उर्जा उत्पादन गर्ने अनुसन्धानकर्ताहरुले जनाएका छन् । उमालेको आलुलाई चार पाँच टुक्रा बनाएर तामा र जिंकको प्लेटको बिचमा राखेमा उर्जा १० गुण बढ्ने पनि उनिहरुको भनाई छ । आलुमा रहेको जिंकले तामासँग मिलेर रासायनिक प्रतिक्रिया हुन गई बिजुली उत्पादन हुने शोधकर्ताको ठममाई रहेको छ । आलुबाट बत्ती बाल्नका लागि प्लेट्स, तार तथा एलइडी बल्बलाई आलुमा जोडेर राख्नुपर्ने उनिहरुले बताएका छन् । आलुबाट निकालिने बिजुली डि सेल ब्याट्रीबाट निकालिने बिजुली भन्दा ५० गुणा सस्तो हुने शोधकर्ताहरुको भनाई छ । विश्वका १ सय ३० देशमा आलु उत्पादन हुने गरेको पाइन्छ। आलु विश्वका धेरै देशको प्रमुख खाद्य पदार्थ पनि हो । यसले गर्दा बिजुली उत्पादन गर्ने कुरा अलि अप्ठ्यारो पनि छ । संयुक्त राष्ट्रसंघले उखु तथा अन्य जैविक खाद्यान्नलाई बिजुली उत्पादनमा प्रयोग गर्न नहुने जनाएको छ । यसको खोज सन् १७८० मा लुइगी गेल्भनीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्