Logo

बलिउडका अभिनेता ओम पुरीको निधन



Spread the love

om-puri

बलिउडका दिग्गज अभिनेताओम पुरीको शुक्रबार बिहान हृदयघातबाट ६६ वर्षको उमेरमा निधन भएको छ।

१९७६ मा पुणे फिल्म संस्थानवाट प्रशिक्षण लिएका ओम पुरीले डेढ वर्ष अभिनय प्रशिक्षण लिएका थिए । त्यसपछि उनले निजी थिएटर ‘मजमा’ स्थापना गरेका थिए ।

पुरीले आफ्नो अघिनय यात्रामा जाने भि दो यारो, मालामाल विक्ली तथा हेराफेरी जस्ता फिल्ममा जबरदरस्त कमिक टाइमिङबाट दर्शकलाई हँसाउँदै आए भने ‘अर्धसत्य’ जस्तो फिल्मबाट आफू बुलन्द अभिनेता भएको अमिट छाप बलिउडमा पार्न सफल थिए।

३०० बढी हिन्दी फिल्ममा काम गरेका ओम पुरीले ‘हन्ड्रेड फुट जर्नी’ तथा ‘इस्ट इज इस्ट’ जस्ता हलिउड फिल्ममा समेत अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्