Logo

शैक्षिक सुधारका लागी सल्यानमा त्रिपक्षिय छलफल



Spread the love

school

शैक्षिक सुधारका लागी सल्यानमा त्रिपक्षिय छलफल भएको छ । शिक्षक, बिद्यार्थी र अभिभाबक बिचमा त्रिपक्षिय छलफल भएको हो ।

पछिल्लो समयमा सरकारी द्यिालयको शैक्षिक गुणस्तर खस्किदैँ गएको भन्ने चारै तीर जनगुनासो आईरहेको बेला जिल्लाको लेखपोखरा २ पाखापानीमा रहेको महेन्द्र माद्यामिक बिद्यालयको प्राङगणमा शैक्षिक सुधारका बिषयमा त्रिपक्षिय छलफल भएको हो ।

शिक्षक अभिभाबक संघकी अध्यक्ष निर्मला केसीको अध्यक्षता तथा बिद्यालय ब्यस्थापन समितीका अध्यक्ष लिलाधर घर्तीको प्रमुख आतिथ्यतामा भएको छलफलमा शिक्षक, बिद्यार्थी र अभिभाबक सबैको लापरबाहीका कारण शिक्षाको गुणस्तर बढ्न नसकेको निष्कर्ष निकालिएको थियो ।

जसका कारण सरकारी बिद्यालयमा बिद्यार्थी तथा अभिभाबकहरुको आकृर्षण घट्दैँ गएको पनि निष्कर्ष निकालिएको थियो ।

त्रिपक्षिय छलफलमा शिक्षक नियमित बिद्यालय नजाने, नियमित नपढाउने, यस्तै बिद्यार्थी पनि नियमित बिद्यालय नजाने, शिक्षकको आज्ञा पालना नगर्ने र अभिभाबकहरुले नियमित रुपमा बिद्यालय छोराछोरीलाई नपठाउने र बिद्यालय पठाए पनि के ? कती ? उपलब्धी भयो भनेर जानकारी लिन नखोज्ने लगाएतका त्रिपक्षिय कमिकमजोरीका कारण शिक्षाको गुणस्तर माथी उठ्न नसकेको निष्कर्ष निकालिएको थियो ।

तर अब शिक्षक नियमित बिद्यालय जाने, नियमित पढाउने, यस्तै बिद्यार्थी पनि नियमित बिद्यालय जाने, शिक्षकको आज्ञा पालना गर्ने र अभिभाबकहरुले नियमित रुपमा बिद्यालय छोराछोरीलाई पठाउने र बिद्यालय बाट के ? कती ? उपलब्धी हासिल गरे भनेर उलब्धी खोज्न तर्फ अग्रसर हुने लगाएतका बिषयमा त्रिपक्षियले प्रबितद्धता ब्यक्त गरेको बिद्यालयका प्रधानाध्यापक रोमहर्ष केसीले जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस्