Logo

स्विडेन राजदरबारमा भूत !



Spread the love

स्टकहोम, २१ पुस । स्विडेनका राजपरिवारका सदस्यहरुमध्ये एउटा परिवारको दरबारमा बारम्बार भूत आउने गरेको छ ।
gal-ghosts19-jpg
तर सो भूतले मित्रवत् व्यवहार गर्ने गरेको र त्यसबाट डराउनुपर्ने अवस्था भने नरहेको स्विडेनकी महारानी सिल्भिया रिनेट सोमरलेथ स्वयम्ले बताउनुभएको छ ।

राजधानी स्टकहोमको थुप्रै द्वीप समूहमध्ये एउटा द्वीपमा अवस्थित, राजपरिवारका एकजना सदस्यको निजी निवासः ड्रोट्निङगहोम प्यालेसमा बारम्बार भेट्न आइरहने गरेको भूतले ‘साँच्चिकै मित्रवत् व्यवहार गर्ने’ र सो भूतले अहिलेसम्म कुनै हानि नपु¥याएको समेत महारानी सिल्भियाले खुलासा गर्नुभएको छ ।

स्विडेनको एउटा सार्वजनिक टेलिभिजन प्रसारण एसभिटीले यस्तो भूतबारे काल्पनिक कथानक लघुचलचित्र (डकुमेन्टरी) निर्माण गरेको र बिहीबार साँझ सो डकुमेन्टरी प्रसारण गर्दैछ ।

उक्त कथानक लघुचलचित्रमा देखाइने भूतबारे टिप्पणी गर्नु हुँदै महारानी सिल्भियाले ‘दरबारमा धेरै भूतहरु छन्, तर नआत्तिनु होला, सो चलचित्रले तपाईंलाई राम्ररी मनोरञ्जन प्रदान गर्नेछ’– भन्नुभयो । “भूत बारम्बार भेट्न आउने गरेको महारानी स्वयम्लाई पनि अनुभव छ कि ? भनी सोधिएको एक प्रश्नको उत्तरमा सिल्भियाले” पक्कै पनि छ, तर ती त मेरा साथीजस्तै भइसके भनी मन्द मुस्काउँदै जवाफ दिनुभयो ।

ड्रोट्निङगहोम निजी राजदरबारको मूल संरचना १६औँ शताब्दिको अन्त्यतिर निर्माण गरिएको र पछि त्यसलाई नयाँ ढाँचामा पुनःनिर्माण तथा आधुनिकीकरण गरिएको थियो ।

महाराज्ञी सिल्भिया जर्मनीमा जन्मनु भएकी र स्विडेनका वर्तमान सम्राट कार्ल गुस्ताभ १६ औँ सँग उहाँको विवाह भएको थियो ।

बेलायती राजतन्त्रीय प्रणालीको जस्तै स्विडेनमा पनि राजसिंहासनलाई अनुष्ठानिक राष्ट्रप्रमुख (सेरेमोनियल हेड अफ स्टेट) का रुपमा सम्मान गरिँदै आएको छ । रासस÷एपी

प्रतिक्रिया दिनुहोस्