Logo

शारदा कुमाख कृषि उत्पादन सहकारी संस्थाको पाचौं साधारण सभा सप्पन्न



Spread the love

 

15894557_1657781797856006_4724017127801434953_n-1

सल्यान शारदा कुमाख कृषि उत्पादन सहकारी संस्था लिमीटेड शा.न.पा. १ श्रीनगर सल्यानको पाँचौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

 

पाँचौ साधारण सभा बाट मान बहादुर मल्लको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति समेत गठन गरिएको छ । जस्को उपाध्यक्ष बेल्धर खड्का , सचिव तिलक वि.क, कोषाध्यक्षमा चित्रा बुढाथोकी रहेका छन भने सदस्यहरुमा निम नारायण उपाध्याय, मंगल कुमारी शाह, टिकाराम आचार्य, विमला नेपाली, प्रकाश शर्मा लाई चयन गरिएको छ । त्यस्तै सल्लाहकार समितिमा, संस्थाका भु पु अध्यक्ष तिलकराज भण्डारीको संयोजकत्वमा ६ सदस्यीय कार्यसमिती गठन गरिएको छ । जस्मा निम बहादुर के.सी. गणेश शाही, लोकमान बुढाथोकी, नवीन सिंह भडेल, जित बहादुर पुन, मोहनलाल बुढाथोकी रहेका छन् । लेखा समितिमा वीर बहादुर चलाउनेको संयोजकत्वमा घनश्याम अधिकारी र कमल बुढाथोकी रहेका छन भने कर्जा समितिमा पुष्कर बस्नेतका संयोजकत्वमा इन्ताज मिया र हिमाल योगी सदस्य रहेका छन् ।

 

शनिबार सल्यान उद्योग वाणिज्य संघको सभा हल श्रीनगरमा भएको कार्यक्रममा सल्यान रुकुम यातायात व्यबसायी समितीका अध्यक्ष लोकमान बुढाथोकी, निम बहादुर के.सी. नवीन सिह भडेल, गणेश शाही लगाएतको उपस्थिती रहेको थियो । सस्थाका सल्लाहकार सदस्य निम बहादुर केसिले मैन बत्ती बालेर उद्घाटन गरिएको पाँचौ साधारण सभामा बोल्ने बत्ताहरुले सस्थालाई अगाडि बढाउनको लागि सस्थामा आबद्ध सम्पुर्ण सदस्यहरुको सक्रियताको आबश्यत्ता पर्ने भएकाले यसमा आफ्नै सम्पती सम्झेर लगानी गर्न समेत अनुरोध गरे ,भने सस्थाको आय ब्यय सम्बन्धि प्रतिबेदन र आगामी योजनाको खाका समेत प्रस्तुत गरिएको थियो । निबर्तमान सचीव मोहनलाल बुढाथोकीको सभाध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन संचालन तिलक बिकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्