Logo

नर्बे बन्यो एफएम रेडियो बन्द गर्ने पहिलो देश



Spread the love

fm एफएम रेडियो प्रशारणको सुरुवात अमेरिकामा सन् १९३३ मा भयो । सुरुवातमा सुस्त गतिमा अघि बढेको भएपनि फ्रिक्वेन्सी मोड्यूलेशन टेक्नोलोजीले राम्रो साउण्ड क्वालिटी भएकाले यो विश्वभर एम्ल्पीच्यूड मोड्यूलेशन (एएम) भन्दा निकै लोकप्रिय बन्यो । तर, अब एफएम रेडियोको युगको अन्त्य हुने संकेत देपिखएको छ । यो प्रविधिको प्रयोग भएको ६० वर्षभन्दा बढी समयपछि नर्वे एफएम रेडियो बन्द गर्ने पहिलो देश बनेको छ  र यसलाई अरुले पनि पछ्याउने देखिएको छ । नर्बेमा एफएम रेडियो बन्द गर्न अर्कोसाताबाट थालिनेछ र, बोडोको उत्तरी शहरमा बुधबार एफएम रेडियो बन्द गरिँदैछ । नर्बेले यो वर्षको अन्त्यसम्ममा सबै रेडियो बन्द गर्ने योजना बनाएको छ किनकी डिजिटल अडियो ब्रोडकास्टिङ (डीएबी) ट्रान्समिसनले राम्रो साउण्ड क्वालिटी दिएको छ । नर्बेले जस्तै अरु देशले पनि एफएम रेडियो बन्द गर्दैछन् । उदाहरणका लागि स्विट्जरल्याण्डले २०२० सम्ममा सबै एफएम रेडियो बन्द गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्