Logo

रोनाल्डोले जिते फिफा बेस्ट प्लेयर अवार्ड



Spread the love

ronaldo

विश्व फुटबल महासंघ फिफाले  फिफा बेस्ट प्लेयर अवार्ड  क्रिष्टियानो रोनाल्डोलाई दिएको छ । फिफाले यस बर्षदेखि फिफा बेस्ट प्लेयर अवार्ड सुरु गरेको हो ।

जुरिचमा आयोजित समारोहमा ३१ वर्षीय रियल म्याड्रिड र पोर्चुगलका फरवार्ड रोनाल्डोले ला लिगाका प्रतिद्वन्द्वी बार्सिलोनाका लियोनेल मेस्सी र एथ्लेटिको म्याड्रिडका एन्टोनी ग्रिजमानलाई पछि पार्दै उपाधिमाथि कब्जा जमाएका हुन् ।

रोनाल्डोले जम्मा मतको ३४.५४ प्रतिशत पाएका थिए भने मेस्सीले २६.४२ र गि्रजम्यानले ७.५३ प्रतिशत मत पाएका थिए ।

रोनाल्डोले उपाधि जित्ने भएपछि मेस्सीसहित बार्सिलोनाका खेलाडीहरु उपस्थित थिएनन् ।

 

 

प्रतिक्रिया दिनुहोस्