Logo

जब मेसीले न्यापकिन पेपरमा हस्ताक्षर गर्दै इतिहास बदल्ने वाचा गरे !!!



Spread the love

८ पुस , काठमाडाैं –  ” पैसाले खासै महत्व राख्दैन । मलार्इ मेरो खुट्टमा बल देउ यसले मलार्इ सँधै खुसि राख्नेछ । ” यो भनार्इ कुनै सामान्य व्यक्तिको नभएर फुटबल दुनियाका जादुगर लियोनल मेसीको हो । अहिले उनी विश्वकै उत्कृष्ट टिममध्ये एक बार्सिलोनामा अाबद्ध भएको १८ वर्ष पुरा भएको छ । जति समय उनले बार्सिलोनाका लागि बिताए एकदमै सफल रूपमा बिताए । र उनको यो क्रम अझै जारी छ ।

भनिन्छ अहिलेका ठूला कुराका लागि हामीले बितेका दिनमा गरेका साना निर्णय तथा कुराहरूले पनि उत्तिकै महत्व राख्ने गर्छन् । अर्थात हाम्रा निर्णय यति सानदार बनिदिन्छन् कि हामी नै अाश्चर्यमा पर्न बाध्य हुनै पर्ने हुन्छ । त्यस्तै अाश्चर्यमा सायद फुटबल क्लब बार्सिलोना पनि परेको छ । किनकी हतारीएर गरेको मेसी प्रतिको निर्णय फलदायी हुनेमा क्लब विश्वस्त थियो तर यति धेरै सफलताको श्रेयको पछाडि पनि उहि खेलाडीको नाम अाउँछ भनेर उनिहरूले सायद सोचेका थिएनन् । अनि हामी सबैलार्इ थाहा छ जीवनमा सोचेका भन्दा न सोचेका कुराहरू नै धेरै हुने गर्दछन् ।

सन् २००० डिसेम्बर १४ का दिन बार्सिलोनाले १३ वर्षका रोगी मेसीलार्इ बार्सिलोनाबाट खेल्न हस्ताक्षर गरयाो । सायद बार्सिलोनाले क्लब इतिहासमा नै गरेको सबैभन्दा ठूलो निर्णय हुनु पर्दछ । मात्र १३ वर्षको व्यक्तिको खेल्ने शैलीलार्इ हेरेर उसको रोगी पनको समेत नजर अन्दाज गर्नु अाँफैमा ठूलो चुनाैतिलार्इ अगाडी लगाउनु हो । जुन कुरामा बार्सिलोना पछि हटेन । बरू हतारमा मेसीलार्इ अरू कुनै क्लबले अाफ्नो क्लबको सम्पत्ति बनाउँछन् कि भनेर न्यापकिन पेपरमै हस्ताक्षर गरायो । जुन अफरमा रोगी तथा फुटबल खेलका प्यासी मेसी र उनका परिवार नै पछि हट्न सकेनन् । फलतः बार्सिलोनाले मेसीलार्इ अाफ्नो क्लबको सबैभन्दा ठूलो सम्पत्तिको रूपमा भित्र्याउन सफल भयो ।

बार्सिलोना अाएका ३ वर्ष अर्थात् सन् २००३ सम्म बार्सिलोनाले मेसीलार्इ अाराम गर्न दियो । ३ वर्षसम्म लगातार अाराम मात्र गरेका मेसी सन् २००३ बाट बार्सिलोनाको जर्सामा मैदानमा उत्रिए । १ वर्ष बार्सिलोनाको युथ टिममा खेलेमा मेसीले १० खेलमा ५ गोल गर्न सफल भए ।
सिनियर टोलीमा अाबद्ध भएको १ वर्षमा नै ठूला खेलाडी चुम्न धेरै संघर्ष गरेको युरोपियन च्याम्पियन्स लिगको उपाधिको स्वाद चाख्न पाए । त्यसपछि निरन्तर बार्सिलोना अाफ्नो विजयी यात्राको पथमा अगाडी बढिरह्यो । जसमा प्रत्यक्ष साथ उनै हतारिएको निर्णयले दिए । बार्सिलोनाले अाफ्नो सपना र अशक्ततामा पनि गरेको विश्वासलार्इ कहिल्यै पनि झुक्न दिएनन् । बार्सिलोनालार्इ हरेक उपाधि दिलाउन मेसी पसिना बगार्इरहे ।

सन् २००६ मा मेसीलार्इ हरेक प्रकारका सहयोग गर्ने दाजु स्वरूप सहकर्मी रोनाल्डिन्होले बार्सिलोना छोडेर इन्टर मिलानको यात्रा गरे । जसले मेसीलार्इ अझ खुलेर खेल्न सहयोग गर्यो भने रोनाल्डिन्होले लगाएको १० नम्बरको जर्सिको जिम्मेवारी निभाउन सिकायो । जुन मेसीले गजबसँग निभाए ।

मेसी बार्सिलोनामा अाबद्ध भएको १८ वर्षमा क्लबले हरेक प्रकारका सफलता प्राप्त गर्न सफल भयो । सायद बार्सिलोनाले मेसीको यो गुनलार्इ कहिल्यै बिर्सने छैन । ४ वटा च्याम्पियन्स लिग , ९ वटा ला लिगा सहित अन्य थुप्रै महत्वपूर्ण उपाधि दिलाएक मेसीको खेल्ने शैली नै अाश्चर्यजनक छ । ३१ वर्ष भएका मेसी अझै पनि २० वर्षिय युवाले खेलेको जस्तै खेल पस्कन सक्षम छन् ।

क्लबलार्इ विभिन्न उपाधि दिलाएका मेसी अाँफु स्वयंले पनि विभिन्न व्यक्तिगत उपाधिमा अाफ्नो नाम लेखेएका छन् । जसमा फिफा बेलोन डेअर , युरोपियन गोल्डेन बुट र पिचिचि अवार्ड मुख्य छन् । जुन उनले ५/५ पटक जित्नेका छन् ।

बालापनबाट नै बार्सिलोनामा हुर्किएका मेसी सायद अब अन्य क्लबबाट खेल्ने सोचमा सायदै छैनन् होला । किनकी उनले म्यानचेस्टर सिटि जस्ता ठूला क्लबबाट अाएका प्रस्ताव समेत सहज रूपमा अस्वीकार गरे । किनकी मेसीले यो बुझेका छन् ” मलार्इ म अशक्त हुँदा ढाडस दिने क्लबलार्इ लत्याएर म पैसाको लागि कसरी अरू क्लबमा खेल्न सक्छु । ” १ कार्यक्रममा मेसीलार्इ पत्रकारले अाफ्नो करियर कुन क्लबबाट अन्त्य गर्न चाहनुहुन्छ भनेर प्रश्न गर्दा मेसीले बडो भावुक हुँदै जवाफ दिए, ” सन्सारकै सबैभन्दा उत्कृष्ट खेलाडिहरूले भरिएको सन्सारकै उत्कृष्ट क्लब बार्सिलोनाबाट खेल्दा मलार्इ हरेक कुरामा सहज भएको छ । बार्सिलोनाले मलार्इ दिएको जिम्मेवारी र मायालार्इ मैले सायदै बिर्सने छैन । यो सायद सम्भव त नहोला तर यदि हुन्थ्यो भने म अाफ्नो जीवनको अन्तिम खेलको ४५ मिनेट बार्सिलोनाको जर्सिमा र ४५ मिनेट राष्ट्रिय टिम अर्जेन्टिनाको जर्सिमा खेल्न चाहन्छु । “

प्रतिक्रिया दिनुहोस्