Logo

यसरी गर्नुस् दाँतको ख्याल



Spread the love

मुख स्वास्थ्य भन्नाले धेरैले दाँतलाई मात्रै सोचिरहेका हुन्छन् । तर मुखभित्रको दाँत, जिब्रो, गिजा र  तालु समेतलाई मुख स्वास्थ्यभित्र समेटिने गरिएको छ । अन्य स्वास्थ्यको तुलनामा मुख स्वास्थ्यलाई कमै महत्व दिइन्छ र मुख स्वास्थ्यबारे हामीले सामान्य कुराहरुमा ख्याल नगर्दा ठूलो समस्या पनि आइपर्छ सक्छ । साधारण कुरालाई ख्याल गर्न हो भने मुख स्वास्थ्यसम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

ब्रस गर्दा दाँत र गिजाको बीचमा पनि सफागर्नु पर्ने हुन्छ । धेरैले दाँतको मात्रै ख्याल गरेको देखिन्छ । दाँतको परीक्षण गर्दा गिजाको पनि परीक्षण गर्न एकदमै आवश्यक छ । दाँत र गिजा एक अर्काको परिपूरक हुन् ।

दाँतको यसरी गर्नुस् ख्याल !

  • खाना खाएपछि बिहान—बेलुका ब्रस र फ्लसिङ गर्ने ।
  • गुलियो खानेकुरा खाएपछि दाँत सफागर्ने ।
  • मकै, छुर्पी जस्तो सारो कुरा खादा दाँत क्रयाक हुने सम्भावना हुन्छ यस्ता कुरामा ख्याल गर्ने ।
  • दाँतको परीक्षण नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको चिकित्सकबाट गराउने ।

प्रतिक्रिया दिनुहोस्