Logo

खुशी रहने पाँच तरिका



Spread the love

ध्यान गर्ने

तपाईँ कम्तीमा १० मिनेट ध्यान बस्नुपर्ने हुन्छ ।

कृतज्ञताको सूची बनाउनुहोस्

आफू के कुरामा कृतज्ञ छु भन्ने कुरा लेख्न पर्दछ । यस्तो प्रक्रिया एक हप्तासम्म चल्छ।

धेरै सुत्ने

सुन्दा सामान्य लागे पनि सान्टोसका अनुसार यो अभ्यासको पूर्ण रूपमा पालना गर्न भने निकै गाह्रो छ।

एक हप्ताका लागि पूर्णरूपमा आठ घण्टासम्म सुत्नुपर्ने हुन्छ।

”सुन्दा असहज जस्तो लागे पनि पर्याप्त मात्रामा सुत्नाले डिप्रेसन जस्तो रोग बाट बच्न र सकारात्मक दृष्टिकोण वृद्धि गर्नका लागि समेत सहयोग गर्छ

परिवार र साथीसँग धेरै समय बिताउने

हालै गरिएका अनुसन्धानहरूका अनुसार परिवार र साथीहरूसँग धेरै समय बिताउँदा थप खुशी हुन सघाउ पुग्छ।

स्वस्थ, पारस्परिक र सामाजिक सम्बन्ध हुनुले तपाईँको भलाइ गर्छ।

तपाईँको खुशीका लागि समयको अवधारणा निकै महत्त्वपूर्ण छ।

सामाजिक सञ्जालमार्फत जोडिनुभन्दा वास्तविक सम्बन्ध विस्तार गर्नुहोस्

”इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्रयोग गर्नेहरू त्यस्ता किसिमका सञ्जालहरू कम प्रयोग गर्नेहरूको तुलनामा कम खुशी हुन्छन् भन्ने कुरा एउटा अनुसन्धानले देखाएको छ ।

यदि तपाईँ साँच्चिकै सुखी हुन चाहनुहुन्छ भने आभारी हुन सिक्नुहोस्।

परिवारका सदस्य तथा साथीभाइसँग भेटधाट गर्नुहोस्।

केही मिनेटका लागि भए पनि दिमाग खुल्ला राख्नुहोस्।

सामाजिक सञ्जालको प्रयोग घटाउनुहोस् र बढी सुत्नुहोस्।

प्रतिक्रिया दिनुहोस्