Logo

क्या राम्रो ! नमस्ते झरना (फोटो कथा)



Spread the love

समुन्द्र सतहबाट ४४६ मी देखी १७०५ मी उचाइमा रहेको यस भेडेटार गा.वी.स. धनकुटा जिल्लाको २८ वटा गा.वी.स. मध्येको एक रमणीय र मनमोहक ठाँऊ हो । पोखरा पछिको बढी पानी पर्ने ठाँऊ र विश्वको घुम्नै पर्ने १२औ गन्तव्य स्थान मध्येको एक हो भेडेटार जहाँ छिनछिनमै मौसम परिवर्तन हुने गर्दछ ।

पर्यटकीय गन्तव्यको खानी भेडेटार धरान बजारबाट १६ कि.मीको दुरीमा अवस्थित छ । जहाँ विभिन्न पर्यटकीय गन्तव्य स्थानहरू छन् । जसमध्येको एक हो धरान धनकुटा राजमार्गको पूर्व दक्षिण भेडेटार बजारबाट करिब ६ कि.मी उत्तर वडा नं. ३ र ५ को सिमानामा बग्ने सिम्सुवा खोलाको शिर अर्थात नमस्ते झरना पर्यटकीय आर्कषर्णको केन्द्र विन्दु बनेको छ ।
करिब ५० मीटर माथिबाट खस्ने यो झरना स्थानीय पर्यटक व्यवसायीहरुको संरक्षण र प्रबर्दनमा रहेको छ । राजमार्गबाट झरना सम्म सजिलै आवतजावत गर्न सुलब र व्यवस्थित बाटो बनाइएको छ । यस स्थानमा दैनिक हजारौको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुईचो लाग्ने गर्दछ ।

सल्लेरी खबरका फोटो पत्रकार शंकर भुजेलले कैद गरेका तस्बिरहरु 

15967659_1308353089207983_1763079115_o

15978635_1308352122541413_739267673_n 15992108_1308354679207824_1266745151_o 15992316_1308351395874819_1506397586_o 15995358_1308353315874627_678367900_n 15995947_1308354439207848_1059015150_n 16009751_1308354195874539_461712123_o 16009774_1308363332540292_1937899276_o 16009858_1308351905874768_1856417823_o 16010023_1308330552543570_1226037097_o 16010146_1308351049208187_1174600010_o 16010544_1308332145876744_651910576_o 16106272_1308355742541051_178740221_o 16106393_1308355482541077_868568571_o 16111918_1308354889207803_1004132751_n 16112010_1308353732541252_1368708524_n 16112066_1308355155874443_1131858597_n

प्रतिक्रिया दिनुहोस्