Logo

चिसोले स्वास्थ्यमा समस्या



Spread the love

गर्मीयामको तुलनामा जाडो मौसममा कम बिरामी हुने भए पनि चिसोको कारण हुने बिरामीको संख्या वृद्धि भएको छ । विशेष गरी बालबालिका र जेष्ठ नागरिक चिसोको जोखिममा छन् ।

जाडो बढेसँंगै उपत्यकाका अस्पतालहरूमा चिसोको मौसमबाट हुने बिरामीहरूको संख्यामा बृद्धि हँुदै गएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापमान शून्य डिग्री सेल्सियसमा झरेसँंगै चिसोको कारण बिरामीहरु बढेका हुन् ।

उपत्यका लगायतका विभिन्न क्षेत्रमा व्यापक जाडो बढेसँंगै चिसो मौसमका कारण लाग्ने दम, निमोनिया, रोटाभाइरस, ब्रोनकाइटिस, झाडापखाला लगायतका रोगबाट अस्पताल आउने बिरामीहरू बढ्न थालेका छन् । चिकित्सकहरू जाडो मौसममा जेष्ठ नागरिक र बालबालिका बढी जोखिममा रहने हुनाले उनीहरुको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताउँछन् ।

वरिष्ठ वाल रोग विशेषज्ञ तथा कान्ति अस्पतालका निर्देशक डा. गणेशकुमार राईले गर्मी मौसमभन्दा जाडो मौसममा बिरामीको संख्यामा कमी भए पनि चिसोको कारणबाट हुने बिरामीको संख्यामा वृद्धि भएको बताउनुभयो । बालबालिका धूँवाले गर्दा स्वासप्रश्वाससम्बन्धी रोग भएर अस्पताल आउने गरेको भन्दै घरभित्रै जाडो छल्न चुरोट, बिडी लगायतका सूर्र्तीजन्य पदार्थको सेवन नगर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्