Logo

युनिभर्सल तथा न्यु समिट कलेजमा रक्तदान कार्यक्रम सम्पन्न



Spread the love
तस्विर : गौरव गौतम

काठमाडौँको शान्तिनगरमा रहेको युनिभर्सल तथा न्यु समिट कलेजमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त रक्तदान कार्यक्रमको आयोजना युनिभर्शल तथा न्यु समिट कलेजको कम्युनिटी क्लबले गरेको हो । आज बिहान ९ बजे देखि गर्ने भनिएको कार्यक्रम पानी परेका कारण १ घण्टा पर सरेको थियो । कार्यक्रम कलेजको सभाहलमा भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी बालकुमारीको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जम्मा ८४ जनाले रगत दिएका थिए । जसमध्ये ६० जना पुरुष थिए भने २४ जना महिला थिए ।

सोही कार्यक्रममै काठमाडौँ लायन्स क्लबले नि:शुल्क आँखा जाँच पनि गरेको छ । नि:शुल्क आँखा जाँच सेवामा ५८ जना लाभान्वित भएको युनिभर्सल कलेजका डिरेक्टर राजु टण्डनले सल्लेरी खबरलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्