Logo

एउटै डोरीमा झुन्डिएर अन्तरजातीय जोडीले गरे आत्महत्या



Spread the love

suicide

झापाको कनकाई नगरपालिका–६ निवासी अस्मिता तोलामी (सार्की) र सोही ठाउँका ईश्वर भट्टराईले आज बिहान एउटै डोरीमा झुन्डिएर आत्महत्या गरेका छन्।कनकाई नगरपालिका–७ स्थित विरिङ खोला नजिकै २३ वर्षीया तोलामी र उनकै छिमेकी २५ वर्षीया भट्टराईले सिसौको रुखको हाँगामा एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका हुन्।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले दिएको जानकारी अनुसार बिहान ५ बजे घरबाट निस्किएका उनीहरुले प्लास्टिकको डोरीको प्रयोग गरेका थिए। ‘आत्महत्या गरेका उनीहरु अङ्गालोमा बाँधिएको अवस्थामा भेटिए’, हरी नायब उपरीक्षक थेवेले भने, ‘प्रेम सम्बन्धकै कारण यस्तो कठोर निर्णय गरेको हुनुपर्छ।’

माघ २४ गते केटीको विवाह हुने निश्चित भएको र विराटनगर निवासी एक व्यक्तिसँग फूलमाला समेत भएको बताइएको छ। भट्टराईले भने ट्याक्टर चलाउँदै आएको स्थानीयवासीले बताएका छन्।

समाजमा अन्तरजातीय विवाहले अझै पनि सहज मान्यता पाएको छैन । त्यसैले  यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरेपनि पूर्णरुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन् ।

मृतक भट्टराई भने सवारी चालकको काम गर्दै आएका थिए । उनले ट्याक्टर चलाउँदै आएको स्थानीयवासीले बताएका छन् । रासस 

 

प्रतिक्रिया दिनुहोस्