Logo

बलात्कार अभियोगमा आठ वर्ष कैद



Spread the love

९ माघ, भोजपुर – सैँतीस वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा पौवादुङ्मा गाउँपालिका–३ च्याङगे्रका ३५ वर्षीय राजकुमार कार्कीलाई जिल्ला अदालतले आठ वर्ष कैदसहित ५० हजार क्षतिपूर्तिको फैसला गरेको छ ।

न्यायाधीश हरिशचन्द्र इङ्नामको एकल इजलासले मङ्गलबार सो फैसला सुनाएको अदालतका सूचना अधिकारी राजकुमार दाहालले बताउनुभयो । पीडित पक्षले गत कात्तिकमा दिएको उजुरीका आधारमा कार्कीलाई पक्राउ गरिएको थियो । कार्कीले गत असोज २५ गते बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्