Logo

जन्ति बोकेको बसमा करेन्ट लागेर ९ जनाको मृत्यु



Spread the love

माघ ११, धनुषा – धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ जनाको ज्यान गएको छ ।

धनुषाको सबैला नगरपालिका ४ बाल्टियामा जन्ती जाँदै गरेको बसमा शुक्रबार साँझ करेन्ट लागेको हो । करेन्ट लागेर ९ जनाको मृत्यु भएको जनांइए पनि थप मृत्यु भएको हुनसक्ने आशंका गरिएकाे छ ।

सडकमा बिजुलीको पोलमा जडान भएको ११ हजार भोल्टको तारमा छुँदा बसमा करेन्ट लागेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

बसमा ४० जनाभन्दा बढी जन्ती सवार थिए । मृतकको शव अहिले पनि बसभित्रै छ भने घटनाको विस्तृत विवराण आउन बाँकी छ ।

भर्खरै घटनास्थलमा प्रहरी पुगेर घाइतेहरुको उद्धार र मृत्यु भएकाहरुको शव निकाल्ने काम भैरहेको छ ।

जन्ती सिन्धुली जिल्लाको कमलाखोजबाट बाल्टिया जाँदै गरेको थियो ।

ujyaloonline

प्रतिक्रिया दिनुहोस्