Logo

बाख्रा बीमा कार्यक्रम शुरु



Spread the love

१३ माघ, डोटी – जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका बाँझकाकनी र दिपायल सिलगढी नगरपालिका–२ खातिवडामा बाख्रा बीमा कार्यक्रम शुरु गरिएको छ ।

सांकेतिक तस्बिर

सेवक नेपालको पोषण तथा खाद्य सुरक्षा परियोजनाअन्तर्गत बाँझककानी र खातीवडामा २० कृषक समूहमा बाख्रा बीमा कार्यक्रम शुरु गरिएको सेवक नेपालका वरिष्ठ कृषि प्राविधिक लालबहादुर भाटले बताए । उक्त बाख्रा बीमा कार्यक्रममा १५० बाख्राको बीमा गर्ने कार्य सम्पन्न गरिएको राष्ट्रिय बीमा कम्पनीका पशु तथा कृषि प्राविधिक डम्मर ओझाले जानकारी दिए ।

पाँच दिनसम्म चल्ने उक्त बीमा कार्यक्रममा ५०० बाख्राको बीमा गर्ने लक्ष्य रहेको ओझाले बताए । कृषकले बाख्राको बीमा गरेवापत प्रत्येक बाख्राको बीमा कम्पनीलाई रु १५० सम्म बुझाउनुपर्ने छ । बीमा गरेका बाख्रा मरेको खण्डमा ९० प्रतिशत क्षतिपूर्ति किसानले प्राप्त गर्ने भाटले बताए ।

उनले भने, “बीमा गरेका बाख्रा मरेको खण्डमा सरकारले ७५ प्रतिशत र बीमा कम्पनीले १५ प्रतिशत गरी ९० प्रतिशत क्षतिपूर्ति पाउने छन्, बीमा गरेका बाख्राको कानमा चिह्न लगाउने काम भइहेको छ ।” कृषकलाई प्रोत्साहान गर्नका लागि नेपाल सरकारले बाख्रा बीमा कार्यक्रम शुरु गरेको हो । सो कार्यक्रम शुरु भएपछि स्थानीयवासीले धमाधम बीमा गर्न थालेका तेज डुम्रेलले बताए ।

प्रतिक्रिया दिनुहोस्