Logo

प्रहरीभन्दा गाँजा तस्कर चलाख !



Spread the love

gaja

जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक सय २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गाँजाको मुख्य तस्कर नै पक्राउ गर्ने प्रहरीको प्रयास भने सफल हुन सकेन ।

प्रहरीले गाँजा बरामद भएपछि मुख्य तस्करलाई पक्रन एक लाख रुपैयाँमा ‘कुरा मिलाएको’ नाटक गरेको थियो । तर मुख्य तस्कर प्रहरीभन्दा चलाख निस्किए । ती व्यक्तिले आफू नआई सवारी दुर्घटनामा परेको निहुँ पारेर अर्कै व्यक्तिलाई एक लाख रुपैयाँ पठाएका कारण मुख्य तस्कर पक्रन प्रहरी सफल भएन । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

 

एक लाख रुपैयाँ ल्याउने व्यक्ति प्रहरीको नियन्त्रणमा रहेको मकवानपुरका प्रहरी प्रमुख वसन्त लामाले जानकारी दिए ।
मनहरीबाट बीरगंज जाँदै गरेको एचआरसी ८०३७ नम्बरको भारतीय एलपी ग्यास बुलेटमा लुकाइएको गाँजा प्रहरीले विशेष सुराकीका आधारमा बरामद् गरेको हो । प्रहरीले गाडी चालक भारतीय नागरिक राजेशप्रसाद कोइरीलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्