Logo

बाँध भत्किएर मर्नेको संख्या ३४ पुग्यो, अझै सयौँ बेपत्ता



Spread the love

१३ माघ, ब्रमाडीन्हो – ब्राजिलको दक्षिणपूर्वी मिनास राज्यमा शुक्रबार बाँध भत्किएर मृत्यु हुनेहरुको संख्या ३४ पुगेको स्थानीय अधिकारीहरुले बताएका छन् । शनिबार बिहान घटनास्थलबाट ४६ जनालाई उद्धार गरिएको छ ।

खानी उद्योग सञ्चालन गरिरहेको भेल कम्पनीले बनाएको बाँध भत्किएका कारण उक्त दुःखद घटना भएको हो ।

जीवितै उद्धार गरिएकामध्ये २३ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

भेल कम्पनीका अनुसार कम्पनीका अरु २५२ जना कामदार अझै बेपत्ता छन् ।

घटनास्थलमा अझै पनि खोजी तथा उद्धारका लागि छुट्टा छुट्टै टोलीहरु परिचालन गरिएको अधिकारीहरुले बताएका छन् ।

बाँध भत्किएसँगै माटोको पहिरो गएकाले ब्रुमाडिन्हो नगरपालिकामा रहेको सो बाँध भत्किएको उद्धारमा खटिएकाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्