Logo

आज मिति २०७५ साल माघ १४ गते सोमबार, आजको राशीफल



Spread the love

आज मिति २०७५ साल माघ १४ गते सोमबार। आजको राशीफल यस प्रकार रहेको छ। तपार्इहरूको दिन शुभ रहोस्।

मेष राशी – सरकारी कामकाजले तनावै–तनाव झेल्नु पर्ने छ। स्वास्थ्यमा गडबढी अाउने छ। प्रेममा धाेका मिल्ने याेग छ।

वृष राशी – समय मध्यम छ। अरूकाे सेवामा मन जाने छ। राेकिएका काम पूरा हुने छन्। पढार्इमा अाैसत सफलता हासिल हुनेछ।

मिथुन राशी – प्रेममा वियाेग हुने याेग छ। दिन साेचेजस्ताे राम्राे हुने छैन। अाफ्नै प्रेमी वा प्रेमिकाका कारण मानप्रतिष्ठामा अाँच अाउने छ, विवाद बढ्ने छ।

कर्कट राशी – धन अार्जन हुनसक्छ। तर परिश्रम पनि त्यतिकै गर्नुपर्ने छ। काम सफल भएपनि दिनभर व्यस्तता रहने छ।

सिंह राशी – लगानी तथा व्यापार–व्यवसाय थाल्ने याेग छ। यात्रा सफल हुने छ। मन प्रसन्न रहला। शुभकार्यकाे थालनी हाेला।

कन्या राशी – परिवारमा मेलमिलाप हुने छ। कार्यसिद्धिकाे याेग छ। दिन राम्राे छ। स्वास्थ्यमा सुधार अाउने छ।

तुला राशी – साथीले घात गर्ने छन्। दिन अनावश्यक झमेलामा बित्ने छ। दिन खराब छ। प्रेमीबाटै धाेका पाइने छ।

वृश्चिक राशी – पैसा खर्च हुने छ। तनाव बढ्ने छ। साँझपख मात्रै केही राम्राे हुनेछ। माया प्रेमकाे विषयबाट टाढा रहनुहाेला। दिन राम्राे छैन।

धनु राशी – झै–झगडाकाे याेग छ। मन पराएकाे वा विश्वास गरेकै मानिसबाट धोका पाउने याेग छ। मिल्ने साथीभाइ र प्रेमीप्रेमिकाबीच मनमुटाव हुने छ।

मकर राशी – दिनभरि अनावश्यक चिन्ताले सताउने छ। परिवारमा अविश्वास बढ्ने छ। धर्मको गरेपनि अपजस मिल्ने छ।

कुम्भ राशी – मध्यान्हपछि केही राम्राे छ। तर दिन सधैँजस्ताे छैन। पूरानो गल्तीले मनमा खिन्नता छाउने छ।

मीन राशी – अध्ययन अध्यापनमा सोचेभन्दा राम्रो सफलता हासिल हुने छ। दिन अत्यन्तै राम्रो छ। सम्पति अार्जन हुनेछ।

प्रतिक्रिया दिनुहोस्