Logo

स्ववियु चुनावका लागि विद्यार्थी ताते, त्रिवि सुस्त



Spread the love

swabhiu-nirbachan

त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनाव घोषणा गरेसंँगै विद्यार्थी संगठनहरू चुनाव आफ्नो पक्षमा पार्न कस्सिएका छन् । तीन ठूला विद्यार्थी संगठन चुनावको रणनीतिसहित काममा जुट्न थाले पनि त्रिवि भने प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिको प्रतिक्रिया पर्खेर बसेको छ । यो आजको नयाँ पत्रिकामा खबर छ ।

त्रिविले १४ फागुनमा स्ववियु चुनाव गर्ने घोषणा गरेको छ । अब एक महिनाभन्दा केही दिन बढी रहँदासम्म उसले चुनावसम्बन्धी कार्यतालिका सार्वजनिक गर्न सकेको छैन । त्रिविले कार्यतालिका सार्वजनिक नगरेको भन्दै विद्यार्थी संगठनका पदाधिकारीले आलोचना गर्न थालेका छन् ।

चुनावको कार्यतालिका ल्याउन ढिलाइ भएकोमा असन्तुष्टि
त्रिविले कार्यतालिका सार्वजनिक गर्न ढिलाइ गरेकामा अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले आश्चर्य व्यक्त गरिन् । ‘हामी विद्यार्थी संगठन चुनावमा होमिएका छौँ, विश्वविद्यालयले कार्यतालिका ल्याउन किन ढिलाइ गरेको हो, अचम्म लाग्यो,’ उनले भनिन् । त्रिविका पदाधिकारीहरू धेरै विदेश उडेकाले ढिलाइ भएको उनको आरोप छ ।

नेविसंघमा २८ वर्षे उमेर हदबन्दीमा केही नेताको गुनासो रहे पनि संगठनले चुनावमा जाने तयारी गरेको छ । संघका अध्यक्ष नैनसिंह महरले अहिलेकै अवस्थामा पनि चुनावमा जाने बताए । संघका महामन्त्री कुन्दन काफ्लेले २८ वर्षे उमेर हदबन्दीमै चुनावमा जाने भन्दै शनिबार विज्ञप्ति जारी गरेका छन् ।

यस्तो छ ठूला तीन संगठनको तयारी

अनेरास्ववियु
नवीना लामा, अध्यक्ष, अनेरास्ववियु

  • स्ववियु चुनावको तयारीका लागि उपाध्यक्ष महेश बर्तौलालाई जिम्मेवारी दिएका छौँ । आन्तरिक रूपमा गृहकार्य गर्दै छौँ।
  • १३ माघमा बसेको विस्तारित बैठकले निर्वाचनसम्बन्धी रणनीति बनाएको छ ।
  • चुनावको तयारीका लागि सबै कमिटीलाई बैठक राख्न निर्देशन दिइएको छ, विद्यार्थीको स्वागत कार्यक्रम गर्दै छौँ ।
  • केन्द्रमा ठूलो भेला गर्ने तयारी गरेका छौँ ।
  • प्रचारप्रसारका लागि रत्नराज्य क्याम्पस तोकेका छौँं ।

नेपाल विद्यार्थी संघ
नैनसिंह महर, अध्यक्ष, नेविसंघ

  • स्ववियु निर्वाचनका लागि अध्यक्षको अध्यक्षतामा सात हजार एक मूल तयारी समिति गठन गरिएको छ ।
  • ६० वटा आंगिक क्याम्पसमा पठाउने गरी नेताको सूची तयार गर्दै छौँ ।
  • स्ववियु चुनावको घोषणापत्र तयार गर्दै छौँ ।
  • प्रचारप्रसारका लागि पार्टी र जिल्ला नेविसंघको नेतृत्वसँग समन्वय गर्दै काम भइरहेको छ ।

अनेरास्ववियु क्रान्तिकारी
नरेन्द्र न्यौपाने, अध्यक्ष,
अनेरास्ववियु क्रान्तिकारी

  • पदाधिकारीलाई क्याम्पसकेन्द्रित कार्यविभाजन गरेका छौँ ।
  • स्ववियुकेन्द्रित रणनीति बनाउन सातवटै प्रदेशस्तरीय कार्यशाला सम्पन्न गरेका छौँ ।
  • क्याम्समा जाडो बिदाभरि संगठनको आन्तरिक काम हुँदै छन् । खुलेपछि क्याम्पसकेन्द्रित हुने रणनीति छ ।
  • घोषणापत्र तयार भएको छ, केही दिनमै सार्वजनिक गर्छौँ ।
  • १ फागुनमा सभापतिका उम्मेदवार सार्वजनिक गर्छौँ ।

प्रतिक्रिया दिनुहोस्