Logo

शहीद घोषणाको स्वागत



Spread the love

१६ माघ, काठमाडौँ – द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवार संस्थाले द्वन्द्वका क्रममा मृत्युवरण गरेका सेना, सशस्त्र, प्रहरी र गुप्तचरलगायतका सुरक्षाकर्मीलाई हालै सरकारले शहीद घोषणा गरेकामा त्यसको स्वागत गरेको छ ।

संस्थाका सचिव तुलसी बस्नेतले देश र जनताको स्वतन्त्रताका लागि शहीदले जीवन उत्सर्ग गरेकामा उनीहरूको सपनालाई सार्थक बनाउन सामाजिक परिवर्तनको खाँचो औँल्याए ।

संस्थाका सदस्य मञ्जु गिरीले शहादतप्राप्त चारै निकायका सुरक्षाकर्मीलाई सरकारले शहीद घोषणा गरी राष्ट्रसेवक योद्धालाई सम्मान तथा उनीहरूका परिवारलाई हौसला मिलेको बताए । अर्का सदस्य धनमाया तामाङले घाइते, अशक्त सुरक्षाकर्मीलाई अशक्तता प्रतिशतका आधारमा आर्थिक राहत दिनुपर्नेमा जोड दिए । द्वन्द्वका क्रममा दुई हजार बढी सुरक्षाकर्मीले शहादत प्राप्त गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्