Logo

आज मिति २०७५ साल माघ १७ गते बिहिबार , आजको राशीफल



Spread the love

आज मिति २०७५ साल माघ १७ गते बिहिबार । आजको राशीफल यस प्रकार रहेको छ। तपार्इहरूको दिन शुभ रहोस्।

मेष राशि– शुभकार्यको चर्चा चल्नेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ।

वृष राशि– हराउने वा चोरी हुने सम्भावना छ। नियमित खर्चसमेत बढ्ने योग छ। प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला। बोलीको विपरीत अर्थ लाग्न सक्नेछ।

मिथुन राशि– अतिथिका रूपमा सम्मान पाइनेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन्।

कर्कट राशि– शुभ समाचार सुन्न पाइनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। पारिवारिक सद्भाव बढ्नेछ।

सिंह राशि– आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। स्वादिष्ट भोजन पाईनेछ। धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।

कन्या राशि– नयाँ कार्यको थालनी हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। आत्मिक सन्तुष्टि मिल्नेछ। तिर्थाटनको योगछ।

तुला राशि– रमणीय र सुखद यात्राको योग छ। नयाँ वस्त्र,अलंकारको प्राप्ति हुनेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। दैनिक कार्यहरूमा प्रगति हुनेछ।

वृश्चिक राशि– पारिवारिक समस्या आइपर्ला। गरेको काममा ढिलासुस्ती हुनेछ। ताकेका काममा बाधा हुनेछ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन।

धनु राशि– परिवारजनको साथले नयाँ आशा पलाउनेछ। आकस्मिक धन लाभ हुनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। मित्रबाट विशेष सहयोग मिल्नेछ।

मकर राशि– मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन्। रमणीय र सुखद यात्राको योग छ।

कुम्भ राशि– लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन्। पारिवारिक सहयोग मिल्नेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ।

मीन राशि– शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ। टाढाको यात्रा फलदायी हुँदैन। स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ।

प्रतिक्रिया दिनुहोस्