Logo

युवालाई रोजगारी



Spread the love

१७ माघ, बडीमालिका – बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकाले १४० युवालाई रोजगार दिएको छ । बेरोजगारी समस्या समाधान गर्न सहयोग पुर्याउने उद्देश्यले सो कार्य गरिएको गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले बताए ।

गत पुस ७ गतेको गाउँ कार्यपालिकाको बैठकले आवश्यक कार्यविधि बनाई हिजोदेखि १०० युवालाई रोजगारी दिने काम भइरहेको अध्यक्ष शाहीले बताए । प्रत्येक वडाका २८ का दरले बेरोजगार युवालाई गाउँपालिकाभित्रका सडक, बाटोघाटो मर्मत, सिँचाइ नहरजस्ता विकासे काममा लगाउन थालिएको छ ।

बुधबारदेखि शुरु गरिएको स्वरोजगार कार्यक्रममार्फत अध्यक्ष शाहीले छापुको सडक खोलीकुनादेखि शिलान्यास गर्दै बेरोजगार युवालाई काममा लगाएको छ । देशकै पहिलो गरीब गाउँपालिकाका रुपमा परिचित उक्त गाउँपालिकामा स्वरोजगारको अवसर सिर्जना गरी गरीबी न्यूनीकरण गर्न यो कार्यक्रम अघि सारेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुमेर शाहीले जानकारी दिए ।

विगतमा बेरोजगारी समस्याले यहाँका कतिपय युवा हिउँद लाग्ने बित्तिकै भारतलगायका देशमा काम गर्न जाने गरेका थिए । युवालाई अभिमुखीकरण गरेर हिजोदेखि काममा लगाइएको हो । श्रमको सम्मान गाउँपालिकाको अभियान भन्ने नाराका साथ युवा रोजगार कार्यक्रमका विषयमा स्वरोजगार दलमा छनोट भएका युवालाई रोजगार के हो ? त्यसको कामको प्रकृति, लक्ष्य उद्देश्य, बीमा नीति र दिगो विकासका सम्वन्धमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्