Logo

टेक्सास राज्यमा एक जनाले पाए मृत्युदण्ड



Spread the love

१७ माघ , वासिङ्टन – प्रहरी अधिकारीको हत्यामा दोषी ठहरिएका एक व्यक्तिलाई अमेरिकाको टेक्सासमा बुधबार मृत्युदण्ड दिइएको छ । तीस वर्षअघि रोबर्ट मिचेल जेनिङ्सले लुटपाटका क्रममा एक प्रहरी अधिकारीको हत्या गरेका थिए ।

जेनिङ्सलाई हन्ट्सभिल कारागारमा स्थानीय समय अनुसार बिहानै ६ बजे मृत्युदण्ड दिइएको थियो । जेनिङ्सले जुलाई १९, १९८८ मा ह्युस्टनको पुस्तक पसलमा प्रहरी अधिकारी एल्स्टन होवार्डलाई गोली हानी हत्या गरेका थिए ।

संयुक्तराज्य अमेरिकामा जेनिङ्स विरुद्ध दिइएको यो मृत्युदण्ड सन् २०१९ को पहिलो घटना हो ।

जेनिङ्स विरुद्ध सन् १९८९ मै मृत्युदण्डको फैसला सुनाइएको थियो । तर माफीको माग गर्दै दर्जनौं मुद्दा अदालतमा दर्ता भएका थिए ।

यसै साता अदालतले उनको पछिल्लो आग्रहलाई अस्वीकार गरेको थियो ।

सन् २०१८ मा अमेरिकामा २५ जनालाई मृत्युदण्ड दिइएको थियो । तीमध्ये टेक्सास राज्यमा मात्र १३ जनाले यस्तो सजाय पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्