Logo

बलेरो जिप दुर्घटनामा परि ७ जना घाइते



Spread the love

accident-logo

सल्ली चौरजाहारी सडक खण्डको मुलखोला ८ नाथेखोलामा पक्की पुल बनाउदै आएको हरीहरी गजुरमुखि निर्माण व्यवसायीको बोलेरो जिप नाथेखोला देखि सल्लीबजार आउँदै गरेको बा१५ च ६६०८ नम्बर  को बलेरो जिप घाजरीपीपल गाविस ६ झालेपर नजिकै साझ ६ बजे तिर दुर्घटना हुँदा चालक सहित ७ जना घाइते भएका छ्न ।

accident

घाइते हुनेमा सल्यान जिल्ला मुलखोला गाविस ८ वर्षा २२ का तिलाराम साहु, घाजरीपीपल ८ वर्ष ४६ का पुरुसोतम आचार्य , घाजरीपीपल ४ भलाखर्ककि वर्ष १८ कि मिना पुन गान्भिर घाइते छन् भने सोही गाउँ वर्षा १६ कि सुमित्रा कवर सोही गाउको वर्ष ११ नरेश कवर काठमाडौका वर्ष २०का पवन राउत चालक दाङ घोराही २२ वर्षका गोविन्द कवर भने सामान्री घाइते भएका छन् ।

घाइते सबैलाई नेपालगन्ज पठाएको इलाका प्रहरी कार्यालय देवस्थलले जानकारी दिएको छ । साघुरो र कच्ची सडकका कारण यस क्षेत्रमा दुर्घटना दिनप्रतिदिन बढी रहेको छ । भने बलेरो जिप सडक बाट ५० मिटर तल गएको छ । उक्त बलेरो जिप सल्ली चौरजाहारी सडक खण्ड अन्तर्गत नाथेखोलामा पुल निर्माण कार्यामा प्रयोग भइरहेको थियो भने पुलमा आवश्यक पर्ने सामान ल्याउन सल्लीबजार गएको थियो ।

प्रतिक्रिया दिनुहोस्