Logo

कैदीको मृत्यु



Spread the love

२६ माघ, सुरुङ्गा – जिल्ला कारागार झापामा आज एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ महेशपुरका २५ वर्षीय अनिल उराव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम ढकालले जानकारी दिए ।

जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका उराव क्षयरोगसम्बन्धी बिरामी थिए । बिरामीले च्यापेपछि शुक्रबार साँझ उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको र उनको उपचारकै क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्