Logo

सल्यानमा महशुल नतिर्ने ग्राहकको लाइन काटियो



Spread the love

bidhut-pradhikaran-sallibazar

नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल नतिरेको भन्दै २० ग्राहकको लाइन काटेको छ ।
पटक पटक बक्यौता रकम चुक्ता गर्न आग्रह गर्दा पनि अटेर गरेपछि २० ग्राहकको लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण सल्लीबजारका प्रमुख लोकमान शाक्यले जानकारी दिए  । यी ग्राहकबाट १ लाख ३ हजार ३ सय ५९ रुपैयाँ असुल गर्न बाँकी रहेको छ ।

विद्युतको लाइन काटिन थालेपछि महशुल तिर्नेको सख्या समेत उल्लेख्य वृद्धि आएको शाक्यको भनाई रहेको छ ।
कार्यालयका अनुसार हालसम्म सबैभन्दा बढी महशुल रकम उठन बाँकीमा श्री वागेश्वरी माध्यमिक विद्यालय रामक ३ सुर्खेत ११ हजार ९ यी २३ रुपैयाँ रहेको छ ।

यस्तै भेरी राप्ती यातायात व्यवसायी समिति देवस्थल ६ सल्लीबजार ९ हजार ८ सय ८३ रुपैयाँ ४८ पैसा, निमार्ण व्यवसायी दिपक जंग शाहको ७ हजार ४ सय ९१ लगायतका २० जनाको गरी १ लाख ३ हजार ३ सय ५९ रुपैयाँ उठन बाँकी रहेको छ ।

अझै करिब २० भन्दा बढी सेवाग्राहीबाट अझै महसुल उठन बाँकी रहेको शाक्यको भनाई रहेको छ । हाल राकम युनिट कार्यालय सल्लीबजारमा १२ सय ग्राहक रहेका छन् । विद्युत् महशुल नबुझाउनेमा सरकारी कार्यालयदेखि व्यापारी , संघ संस्था र सर्वसाधारण रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्