Logo

ट्रम्पद्वारा आफूविरुद्धको प्रदर्शनको आलोचना



Spread the love

वासिङटन, ९ माघ । अमेरिकाका48017699-cached राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आफूविरुद्ध भएको प्रदर्शनको आलोचना गर्नुभएको छ ।

उहाँले आइतबार ट्वीटमार्फत् आफ्नो सपथग्रहणका बेला भएको प्रदर्शनको आलोचना गर्नुभएको हो ।

“मैले प्रदर्शनहरु हेरेँ, तर त्यसले मलाई यस्तो महसुस गरायो की, के अमेरिकामा निर्वाचन भएको थियो र ?” ट्रम्पले ट्वीट गर्नुभएको छ ।

उहाँले निर्वाचन नै नभई आफूले सपथग्रहण गरेको जस्तो प्रदर्शन भएको भन्दै घुमाउरो तरिकाले प्रदर्शनकारीको आलोचना गर्नुभएको हो ।

शनिबार अमेरिकाका विभिन्न ठाउँमा महिलाहरुको सक्रियतामा लाखौँ प्रदशर्नकारीले प्रदर्शन गरेका थिए । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्