Logo

पार्वती बचाउनका लागि अर्थिक संकलन



Spread the love

६ फागुन, डोटी – जिल्लाको सायल गाउपालिका–३ बस्ने हरिपाल थापाकी ८ महिनाकी गर्भवती श्रीमती पार्वती विष्ट (थापा) फागुन १ गते घरनजिकैको जङ्गलमा घास काट्न गएको बेला भिरबाट लडेर गम्भीर घाइते भइन् ।

दूरदराजका महिलाहरुलाई सुत्केरी अवस्थामा जटिल अवस्थामा पुगे हेलिकप्टरको माध्यमबाट सरकारले सेवा प्रदान गर्दै सुरक्षित स्थानसम्म पुर्याउने बताइरहेका बेला डोटीको दुर्गम मानिने सायल गाउँपालिका क्षेत्रमा ज्यानसम्मको खतरा हुँदा हेलिकप्टरबाट गर्भवती घाइते थापाको उद्दार हुन सकेन । स्थानीयवासी तथा नेकपाका नेता तेज डुम्रेलका अनुसार पाँच घण्टासम्म गाउँको स्थानीय स्वास्थ्य चौकीमा हेलिकप्टर आउँछ भन्दै राखेपछि हेलिकप्टर नआउँदा निजलाई थपउपचारका लागि बाहिर पठाइएको थियो ।

हेलिकप्टर मगाउनका लागि स्थानीय तहको सिफारिस चाहिने भए पनि स्थानीय तहले सिफारिस नगर्दा समस्या भएको पीडित पक्षको गुनासो छ । गाँउमा केही सीप नलागेपछि स्थानीयको सहयोगमा घाइते थापालाई उपचारका लागि डोटीको दिपालय पिपल्लास्थित शैलेश्वरी अस्पतालमा पुर्याइएको थियो । उक्त अस्पतालमा उपचार सम्भव नभए पछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ । कोहलपुरमा पनि उपचार हुन नसके पछि उनलाई अहिले शिक्षण अस्पताल काठमाडौँ पुर्याइएको उनका श्रीमान् हरिपाल थापाले बताए । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा कठिनाई भएकाले आफ्नो श्रीमती बचाउनका लागि श्रीमान् हरिपाल थापाले सबैमा आग्रह गरेका छन् ।

हरिपालको आग्रहपछि अहिले डोटीमा पार्वती बचाउन अभियान शुरु गरीएको स्थानीय तथा नेकपाका नेता तेज डुम्रेलले बताए । हालसम्म रु नौ हजार सङ्कलन भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्