Logo

गुल्मीमा महोत्सव सुरु हुनु अगावै दुई करोड ३२ लाख बढी संकलन, एकै व्यक्तिबाट ५५ लाख सहयोग



Spread the love

०६ फाल्गुन, गुल्मी- गल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ७ स्थित् महेन्द्र आर्दश माध्यमिक विद्यालयको आयोजनामा हुन लागेको ‘श्रीमद भागवत धन धान्याञ्चल ज्ञान महायज्ञ तथा हिरक महोत्सव’ मा सहयोगको ओइरो नै लागेको छ । हिरक महोत्सवको तयारी पनि तिव्रताका साथ अघि बढीरहेको आयोजकले जानकारी दिएको छ ।

अहिलेसम्म विभिन्न व्यक्तीहरुबाट करिब दुई करोड ५० लाख भन्दा बढि बोल रकम जुटिसकेको र दुई करोड ३२ लाख बढी संकलन भईसकेको वडा अध्यक्ष तथा हिरक महोत्सव मूल आयोजक समितिका संयोजक प्रकाश काफ्लेले जानकारी दिएका छन् ।

यो समाचार तयार पार्दासम्म सहयोग गर्नेहरमा भुवन केसिले सबैभन्दा बढी ५५ लाख , लेखनाथ सापकोटाले पाँच लाख ५५ हजार पाँच सय ५५, कृष्ण सापकोटाले तीन लाख ३३ हजार तीन सय ३३ , भुवन सापकोटाले दुई लाख २२ हजार दूई सय २२, खिम बहादुर केसिले दुई लाख २२ हजार दूई सय २२, प्रकाश काफ्लेले दुई लाख २२ हजार दूई सय २२, टिकाराम काफ्लेले एक लाख ५१ हजार र ४० जनाले एक लाख ११ हजार भन्दा बढि सहयोग गरेको वडा अध्यक्ष काफ्लेले सल्लेरी खबरलाई जानकारी दिए ।

विद्यालयले आफ्नो ६० औँ वार्षिक उत्सवको अवसरमा यही फागुन १३ देखि २० गते सम्म श्रीमद भागवत धन धान्याञ्चल ज्ञान महायज्ञ तथा हिरक महोत्सवको आयोजना गर्न लागेको हो । विद्यालयलाई प्रविधिमैत्रि बनाउने उद्देश्यले हिरक महोत्सवको आयोजना गरिएको विद्यालय स्रोतले जानकारी दिएको छ । महोत्सवबाट संकलन भएको रकम विद्यालय र विद्यार्थीको स्तरोन्नतिमा खर्च गरिने विद्यालय स्रोतले जनाएको छ। त्यस्तै आयोजना हुन लागेको महोत्सवबाट करिब पाँच करोड रकम संकलन गर्ने लक्ष्य रहेको वडा अध्यक्ष काफ्लेले वताए ।

महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री केपि शर्मा ओली आउने पनि निश्चित भैसकेको उनले वताए । गत माघ १४ गते प्रधानमन्त्रीलाई भेटेर आफुहरुले निम्ता दिएको र प्रधानमन्त्रीले पनि सहजै निम्ता स्वीकारेको वडा अध्यक्ष काफ्लेले वताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्