Logo

लाखौँको सेतो चिनी कुहियो



Spread the love

६ फागुन, खलङ्गा – जुम्लाको गुठीचौर गाउँपालिकाको चाखुरे लेकमा सङ्कलन गरी राखिएको जडीबुटी सेतो चिनी (खिरौँला) कुहिँदा झण्डै ४० व्यापारीको लाखौँको क्षति भएको छ ।

जुम्लामा यही माघ महीनामा परेको हिमपातका कारण लाखौँको खिरौँला कुहिएको व्यापारीले बताएका छन् । पुसमा सङ्कलन गरी सुकाउन राखिएको खिरौँला हुर्किएका कारण गुठीचौर गाउँपालिकाका झण्डै ४० जना व्यापारीले लाखौँको क्षति बेहोर्नु परेको हो । लेकमा सुकाउन राखिएको खिरौँला हिमपातले कुहिएको गुठीचौर गाउँपालिका–१ गडिगाउँका व्यापारी दीपबहादुर बुढाले जानकारी दिए । आफ्नो मात्रै झण्डै ३० क्विन्टल खिरौँला हिमपातका कारण कुहिएको उनको भनाइ थियो ।

लगातार परेको हिमपातले सुकाउन राखेको खिरौँला कुहिएकाले व्यापारीहरु घाटामा परेको बुढाको भनाइ थियो । प्रतिक्विन्टल ५० देखि ६० हजार रुपैयाँसम्म खिरौँला बिक्री हुने गर्छ । बुढाका अनुसार करीब १२ लाख जतिको खिरौँला कुहिएको भन्दै लगानी उठाउन पनि मुस्किल भएको दुःखेसो पोखे । खिरौँला प्रतिकेजी ५ देखि ६ सय रुपैयाँमा जुम्लामा किनबेच हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्