Logo

विपन्नलाई नगरपालिकाको घर



Spread the love

७ फागुन, कावासोती – नवलपरासी पूर्वको कावासोती नगरपालिकाले नगरपालिका भित्रका विपन्न २७ परिवारलाई घर निर्माण गरिदिने भएको छ ।

विपन्न आवास कार्यक्रममार्फत नगरपालिका भित्रका २७ परिवारका लागि घर निर्माण गर्न लागेको हो । नगरपालिकाभित्रका विपन्न समुदायको उत्थानका लागि घर निर्माण गर्न लागिएको कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रकुमारी पुनले बताए । “विपन्न समुदायको उत्थानका लागि नगरपालिकाले लिएको नीतिअनुसार घर निर्माण गर्न लागेका छौँ”, उनले भने, “घर निर्माणको कार्यक्रमलाई निरन्तरता दिँदै आएका छाँै ।”

कावासोती नगरपालिका– ७, ११, १२ र १३ मा घर निर्माण गर्न लागिएको हो । गत आवमा कावासोती नगरपालिका–१५ मा दश घर निर्माण गरी हस्तान्तरण गरिएको छ । माझी मुसहर समुदायका परिवारका लागि घर निर्माण गर्ने निर्णयअनुसार प्रक्रिया शुरु गरिएको कावासोती नगरपालिका–१२ का वडाध्यक्ष खेमप्रसाद काफ्लेले बताए । घर निर्माण गर्न प्रतिघर रु दुई लाख प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्