Logo

वैदेशिक रोजगारमा गएका महिलाले किन गर्छन आत्महत्या ?



Spread the love

suicidie१२ माघ, काठमाडौं -वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै विदेशमा ज्यान गुमाउनेको संख्या बृद्धि हुनु अब धेरैलाई समान्य लाग्न थालेको छ ।

दैनिक १२ देखि १५ सय युवा वैदेशिक रोजगारीमा गइरहेका बोला दैनिक ३ देखि ४ वटा शव विदेशबाट आउने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको पछिल्लो तथ्यांकले देखाउँछ । यो खबर आजको नागरिकमा छ ।

वैदेशिक रोजगारीमा गएर आफू र परिवारको सुन्दर भविष्य बनाउने अभिलाषा बोकेका कैयन् युवकयुवती विदेशमा प्राकृतिक मृत्युभन्दा पनि सडक दुर्घटना, मुटुजन्य रोग, हृदयघात, आत्महत्याजस्ता कारण सर्वाधिक ज्यान गुमाउने गरेको बोर्डको तथ्यांक छ ।

साथै पछिललो अवधिमा वैदेशिक रोजगारीको क्रममा आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिलाको संख्या बढिरहेको पाइएको छ ।
पुरुषको तुलनामा निकै कम संख्यामा महिला वैदेशिक रोजगारीमा जाने र सोही अनुपातमा हेर्ने हो भने आत्महत्या गर्ने महिलाको संख्या बढिरहेको पाइएको हो ।

धेरै महिलाले आत्महत्या गर्नुलाई विज्ञहरुले विदेशमा हुने शोषण र नेपालबाट सोचेजस्तो वातावरण त्यहाँ नपाउनुलाई कारणका रुपमा लिने गरेको छन् ।

”आत्महत्या गर्नुको कारण खोज्न अहिलेसम्म गहिरो अध्ययन त भएको छैन, सरसर्ती हेर्दा महिलामाथि हुने अत्याचार नै प्रमुख कारण हो ।” बोर्डकी निर्देशक निर्मला थापाले भनिन् ।

प्रतिक्रिया दिनुहोस्