Logo

तेलमा डुबेका बालक शिशिर खड्कालाई किर्तीपुरमा भेट्दा



Spread the love

प्युठान जिल्ला प्युठान नगरपालिका विजयनगर वडा न. ३, श्याफुंग गाउँमा २०७५ साल असार ३ गते शिशिर खड्का, (बालक) राजु खड्काका छोरा (गाउँकी एक हजुरआमाको १३ औँ दिनको पुण्यतिथिमा) र बालककी आमा गएका हुन्छन् । २ वर्ष र केही महिना मात्र पुगेका उनी शिशिर खड्का खेल्ने क्रममा अचानक पुरी पकाई रहेको तेलमा टाउकाको भरमा पर्न जान्छन् र उनको शरीर र टाउको नराम्रो सँग डढ्न पुग्छ । त्यो देख्न साथ शिशिरकी आमा पानी बोकेको गाग्री सँगै बेहोस हुन पुग्छिन् ।

जीवन मरणको सँघारमा पुगेका शिशिरलाई लगत्तै प्युठान जिल्ला अस्पताल पुर्‍याइन्छ, त्यहाँ बाट भैरहवा अस्पताल हुँदै काठमाडौँको कान्ति अस्पतालमा र अन्त्यमा ४ दिन पश्चात् काठमाडौँमा रहेको कीर्तिपुर अस्पतालमा ल्याइन्छ । घटना घटेको समयमा शिशिर खड्काका बुवा राजु खड्का रोजगारीको शिलशिलामा भारतमा हुन्छन् र उनै राजु खड्का ४ दिन पश्चात् कीर्तिपुर अस्पतालमा आइपुग्छन् ।

निम्न आय स्तर भएको यो परिवारमा यति डरलाग्दो घटना घट्न पुग्छ । ज्याला मजदुरी गर्ने बालकका बुवा राजु खड्काले जसोतसो ऋण लिई उपचार गरिरहेका छन् ।

करिब आठ (८) महिना पछि यो घटना मिडिया सम्म आइपुग्छ । यो आठ महिनाको अवधिमा शिशिर बाबुको घाउको दुखाइ मात्र कम गर्ने उपचार भएको राजु खड्काले बताए । उनको भनाइ अनुसार अहिले सम्म २० लाख भन्दा बढी खर्च भैसकेको छ र धेरै रकम उनले ऋण लिएका रहेछन् ।

हामी पनि उनको यो खबर पाएपछी विगत ८ महिना देखि बसिआएको उनको कीर्तिपुर स्थित कोठामा गयौं । हामी सँगै केही युवा साथीहरू जो उहाँको यो पिडामा सहयोगको अपिल गरिरहनुभएको थियो ।

कीर्तिपुर स्थित अस्पतालका डाक्टरहरूले उनको उपचार नेपाल र भारतमा सम्भावना नरहेको र अनुहारको पूरा उपचार थाइल्यान्डमा हुने र उपचार खर्च ६० देखी ७० लाख सम्म लाग्ने बताएका रहेछन् । यो दु:खद घडीमा सुखको अनुभूति र शिशिर भाइले नयाँ अनुहार पाउन हामी सबैको सहयोगको आवश्यकता रहेको छ । सहयोगी मनहरूले सहयोग पनि गरिरहनु भएको छ ।

सहयोगकै क्रममा विगत १ महिना अघि शिशिरको अवस्थाको बारेमा मिडियामा आइसकेपछी करिब ८ लाख रकम उठेको शिशिरका बुवा राजु खड्काले हामीलाई जानकारी दिनुभयो ।

सहयोग देश तथा विदेशमा उठिरहेकै बखत हामी सँगै स्वर्गद्वारी प्युठान सेवा समाज दुबईबाट आउनुभएका समाजका कोषाध्यक्ष विक्रम विष्टले नगद रु १,५९,००० सहयोग रकम दिनुभयो ।

हामीले देख्दा शिशिरको स्थिति अत्यन्तै नाजुक छ । आँखाको नानी मात्र देखिन्छ । उनी रातमा निदाउन सक्दैनन् । कानमा सानो प्वाल, अनुहार हेर्दा निकै दर्दनाक ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

https://youtu.be/nlO7WooxYy4

थप उपचार खर्चका लागी आर्थिक अभाव परेको उनको परिवारलाई हामी सबैको सहयोगको आवश्यकता छ र बालक शिशिरलाई सहयोग गर्न राष्ट्रिय वाणिज्य बैङ्कको शिशिरका बुवा राजु खड्काको नाममा रहेको खाता न. ११७००२९१६८१० मा सहयोग गर्न सक्नुहुनेछ । त्यस्तै राजु खड्कालाईनै सम्पर्क गरेर पनि सहयोगी मनहरूले सहयोग गर्न सक्नुहुनेछ । उहाँको सम्पर्क न. ९८६८२८०६३४

प्रतिक्रिया दिनुहोस्