Logo

मङ्गलवार सार्वजनिक बिदा



Spread the love

१३ फागुन, विराटनगर – विराटनगर महानगरपालिकाले भाषाशास्त्री बालकृष्ण पोखरेलको निधनमा शोक मनाउन मङ्गलवार महानगरपालिकाभित्र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

महानगरको आज बसेको बोर्ड बैठकले स्व पोखरेलको सम्मानमा १९ वडा समितिका कार्यालय, निजी तथा सामुदायिक विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख भीम पराजुलीले जानकारी दिए । भाषाशास्त्री पोखरेलले गरेको अमूल्य योगदानको सम्मान गर्दै सार्वजनिक बिदा दिइएको उनले बताए । पोखरेलको आइतबार बिहान १ बजे निधन भएको थियो । स्व पोखरेलले नेपाली भाषा र साहित्यको समृद्धिका लागि दर्जनौँ कृति लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्