Logo

३९ जना एसएसपीको सरुवा, रमेश खरेल र सर्वेन्द्र खनाललाई हेडक्वार्टरमा तानियो (सूचीसहित)



Spread the love

 

 

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल बीचको विवादका कारण लामो समयदेखि  रोकिएको एसएसपीहरुको सरुवा बुधवार राति  निधि र अर्यालबीच  सहमति भएपछि नेपाल प्रहरीका ३९ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुको सरुवा भएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख रहेका सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षकको सचिवालयमा तानिएका छन् । अपराध महाशाखामा दिनेश आमात्य आएका छन् । प्रहरी प्रशिक्षण प्रतिष्ठान चितवनमा रहेका एसएसपी रमेश खरेललार्इ प्रहरी हेडक्वार्टर युएन शाखामा तानिएका छन् ।

यसअघि अञ्चल प्रहरी कार्यालय धौलागीरीमा कार्यरत छविलाल जोशी काठमाडौँ प्रहरी प्रमुख भएका छन्। विक्रम सिंह थापाले अनिवार्य अवकास पाएपछी काठमाडौँको प्रहरी प्रमुखको पद खाली थियो ।

माओवादीका पालामा अपहरणमा परेर चर्चामा आएका ठूले रार्इ ललितपुर प्रहरी प्रमुख भएका छन्।

त्यसैगरी एसएसपी महेन्द्र पोखरेलको सिन्धुली तालिम केन्द्रमा, दीपक थापा लुम्बिनी प्रहरी प्रमुखमा र उत्तम कार्की कोसी प्रहरी प्रमुखमा सरुवा भएका छन् । पिताम्वर अधिकारीको मेची प्रहरी प्रमुखमा सरुवा भएको छ ।

एसएसपी विष्णुहरी गौतम गण्डकी अञ्चल प्रमुख, कर्णालीमा सुरज केसी, महाकालीमा सुशील भण्डारी र वागमतीमा पुष्प रन्जितको सरुवा भएको छ ।

त्यसैगरी शेरबहादुर वस्नेत केन्द्रीय अनुसन्धान ब्युरो, मोहन जोशी सुदुरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायल र वलराम शर्मा सगरमाथा प्रहरी प्रमुखमा सरुवा भएका छन् ।

हेर्नुहोस् ! सरुवाको सुची । 

 

 

प्रतिक्रिया दिनुहोस्