Logo

पुरिएर एक किशोरको मृत्यु



Spread the love

१८ फागुन, सुरुङ्गा – झापाको बाह्रदशी गाउँपालिका–५ मा आज ढिस्को भत्किँदा एक किशोरको पुरिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा १५ वर्षीय मनिष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार घर नजिकैको मकै बारीमा खेल्ने क्रममा जेसिवीले माटो काटेर बनाएको ढिस्को भत्कँदा उनी पुरिएका थिए । ढिस्कोले पुरिएलगत्तै उद्धार गरी उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्