Logo

करोडाैँको सपना बुनेर उडे, मिर्गौलापीडित भएर घर फर्के



Spread the love

१९ फागुन, बनियानी – पैसा कमाउने सपना बोकेर मलेसिया पुगेका झापाका एक युवा मिर्गौलापीडित भएर स्वदेश फर्किएका छन् ।

वैदेशिक रोजगारीका सिलसिलामा २१ महीनाअघि मलेसिया पुगेका झापा बुद्धशान्ति–१ का २२ वर्षीय विकास न्यौपाने मिर्गाैलापीडित भएर स्वदेश फर्किएका हुन् । विकासका दुबै मिर्गौला खराब भएका र तत्काल प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले जनाएको उनका बुबा पद्मबहादुरले बताए । मलेसियामै थला परेपछि विकासलाई नेपाल फर्काइएको थियो । “उपचारका लागि वीर अस्पताल, मेरेडियम हस्पिटल, शिक्षण अस्पतालमा पुग्यौँ”, उनका बुबाले भने, “दुवै मिर्गाैला खराब भएको रिर्पोट आयो, बुढेसकालको सहारा थला परेपछि हाम्रो बिचल्ली नै भएको छ ।”

फाइल तस्विर:

आर्थिक अवस्था नाजुक रहेकाले छोराको उपचारमा सहयोग गर्न उनले सबैसँग आग्रहसमेत गरेका छन् । सुमधुर स्वरका धनी विकासको गीत सङ्गीतमा विशेष रुचि छ । भविष्यमा गायक बन्ने सपना भएको उनले बताए । बुबा पद्म र आमा बबिताका तीन सन्तानमध्ये जेठो छोरा विकास हुन् ।

यसैबीच, मिर्गौलापीडित ‘विकास न्यौपाने बचाउ’ अभियान शुरु गरिएको छ । स्थानीय समाजसेवी मुना दाहालको अध्यक्षतामा अभियान समिति गठन गरिएको छ । अभियान समितिले विकास न्यौपानेको जीवन बचाउन आर्थिक सहयोगको अपिल गरेको छ । अभियान समितिले एनआइसी एशिया बैंकको खाता नम्बर ८५८७०२०६९८८५२४०१ मा रकम जम्मा गरिदिन सबैसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्