Logo

भोली सल्यान बन्द नहुने



Spread the love

salyan district

 

बिप्लव निकट अखिल क्रान्तिकारीका विद्यार्थी नेता कमल वली र भुम प्रकाश भण्डारीलाई प्रहरीले पक्राउ गरेको विरोधमा अखिल क्रान्तिकारी सल्यानले आज सल्यान बन्द गरेको थियो । संगठनका नेता लाई नछाडे अनिश्चितकालित सल्यान बन्द गर्ने चेतावनी दिएको थियो ।

आज दुवै विद्यार्थी नेतालाई छाडेपछी बन्दको कार्यक्रम संगठनले फिर्ता लिएको हो ।

बन्द प्रति माओवादी केन्द्र निकट अखिल( क्रान्तिकारी) सल्यानले एकेवद्द्ता जनाएको थियो ।

सपना रावतको आत्महत्याका विषयमा भएको आन्दोलनमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

सपनाको आत्महत्या मिर्मिरे माईक्रोफाइनान्स डेभलपमेन्ट बैंक  लिमिटेडको कारण भएको भन्दै विद्यार्थी संगठनहरुले बैंकलाई कारबाही, पीडितलाई क्षतिपुर्ती लगाएतका बिश्य लिएर आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस्