Logo

विद्युत् चोरीमा काँग्रेस–एमालेका कर्मचारी नेता नै संलग्न !



Spread the love

bidhut-choriविद्युत् चोरीमा नेपाल विद्युत् प्राधिकरणमा कार्यरत नेपाली काँग्रेस र नेकपा(एमाले) निकटका कर्मचारी संगठनका नेताहरुको हात रहेको पाइएको छ ।
महानगरिय अपराध महाशाखाले नियन्त्रणमा लिएका कर्मचारीहरुको सुक्षम अध्ययन गर्दा उनीहरु राजनीतिक संगठनको आडमा विद्युत् चोरीमा संलग्न रहेको पाइएको आजको जनआहवान साप्ताहिकमा खवर छ ।

वितरण केन्द्रका प्रमुख तथा केही इन्जिनियर समेत त्यसमा संलग्न रहेको पाइएको छ । प्रहरीले सिंगल फेजको लाइन चोरीको मात्रै उजागर गरको हो । डबल र त्रिपल फेजको विद्युत् चोरीका बारेमा पनि सुक्षम अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।

त्रिपल फेजको विद्युत् चोरीमा त प्राधिकरणका एक दर्जन बढी इन्जिनियर नै संलग्न रहेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । उनीहरुलाई छिट्टै पक्राउ गर्ने तयारी गरिएको छ । वितरण शाखाका प्रमुखसँगकै मिलमतोमा विद्युत् चोरी हुने गरेको पाइएको छ । अधिकाशं स्थानमा वितरण केन्द्रका प्रमुख , मिटर रिडर तथा उद्योगी तथा व्यावसायीको मिलोमतामा नै विद्युत् चोरी हुने गरेको अध्ययनबाट फेला परेको छ ।

ऊर्जा मन्त्रालयमा नेकपा(माओवादी केन्द्र)का इमान्दार एवम् स्वच्छ छवी भएका नेता जनार्दन शर्मा मन्त्री बनेर आएपछि प्राधिकरण सुधारको अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए । प्राधिकरण सुधारका लागि पहिलो शर्त भनेकै आन्तरिक सुधार हो । त्यसका लागि प्राधिकरण भित्रका चोरीमा संलग्न कर्मचारीलाई कारवाही गराउनु वा गर्नु नै पहिलो शर्त हो । प्राधिकरणको सुधार कार्यमा नेपाल प्रहरीले समेत साथ दिएको छ ।

चोर जोगाउन आन्दोलनको नाटक
करिब १३ अर्ब बराबरको विद्युत् चोरीमा संलग्न भएको पाइएपछि महानगरिय प्रहरी अपराध महाशाखाले नेपाली काँग्रेस र नेकपा(एमाले) निकटका कर्मचारी संगठनका केन्द्रीय कोषाध्यक्ष र केन्द्रीय सदस्य नै पक्राउ परेपछि त्यसलाई नै निहु बनाएर उनीहरुले आन्दोलनको नाटक सुरु गरेका छन् ।
प्राधिकरणले विगत २२ वर्षदेखि एकै स्थानमा रहेका कर्मचारीलाई पछिल्लो पटक सरुवा गरेपछि विद्युत् चोरीको जालो भत्किएपछि उनीहरु आन्दोलनको धम्की दिदै आज प्राधिकरणको केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालयहरुमा घेराउ गरेका छन् । विद्युत् चोरीमा संगठित गिरोह नै रहेको भन्ने सूचनाका आधारमा उक्त गिरोह भत्काउन पहिलो चरणमा प्राधिकरणले दुई हजार ४८० कर्मचारी सरुवा गरेका थियो ।

कर्मचारी सरुवा भएपछि विद्युत् चोरीमा संलग्न गिरोहको जालो भत्किएको भन्दै उनीहरुले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईको कार्यकक्ष समेत घेराउ गर्दै चोरीमा संलग्नलाई कारवाही नगराउन धम्की दिएका थिए ।
उनीहरुले ऊर्जा मन्त्री शर्मालाई समेत अहिले सरुवा नगर्न भन्दै ज्ञापनपत्र बुझाउन पुगेका थिए ।

प्राधिकरणले विराटनगर क्षेत्रीय कार्यालयमा ३२९, जनकपुर क्षेत्रीय कार्यालयमा ३५४, हेटौडा क्षेत्रीइ कार्यालयमा २९२, काठमाडौँ क्षेत्रीय कार्यालयमा ७८१, पोखरा क्षेत्रीय कार्यालयमा १६६, बुटवल क्षेत्रीय कायाृलयमा २६५ , नेपालगन्ज क्षेत्रीय कार्यालयमा १६१, अत्तरिया क्षेत्रीय कार्यालयमा १३२ जना कर्मचारी गरि दुई हजार ४८० जना कर्मचारीको नेपाल विद्युत् प्राधिकरण विनियमन अनुसार नै सरुवा गरिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणलाई टाट पल्टाउन उद्यत मानिएका नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ र नेपाल विद्युत् प्राधिकरण कर्मचारी यूनियनका पदाधिकारी नै पछिल्लो पटक विद्युत् चोरीमा संलग्नलाई जोगाउन आन्दाोलनको बाहाना निकालेका छन ।
आन्दोलनको बाहाना उनीहरुले त्यो निकालेका छन् कि जसमा प्राधिकरणले पछिल्लो पटक सरुवा गरेका कर्मचारीको प्रसंगलाई लिएर निकालेका छन् । विद्युत् चोरीमा संलग्नलाई कारवाही हुने र त्यसमा आफूहरुको समेत संलग्नता रहेको पुष्टि हुने भएपछि कर्मचारी संघ र युनियनका पदाधिकारी नै आन्दोलनको नाटक रच्न लागेका हुन् ।

प्राधिकरणलाई घाटामा लैजाने र चोरीमा संलग्न हुने कर्मचारीले नैतिक रुपमा पदमा बसिरहन मिल्दैन । तर चोरीमा संलग्नलाई जोगाउन कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराई, सहअध्यक्ष प्रमिला ढुंगाना, कर्मचारी यूनियनका अध्यक्ष रामेश्वर पौडेल र पूर्व अध्यक्ष रामप्रसाद रिमाललगायतका व्यक्तिहरु शक्तिकेन्द्र धाउन सुरु गरेका छन् ।
चोरीमा संलग्नलाई कानुनअनुसार हदैसम्मको कारवाही गराउनुपर्नेमा उनीहरुलाई जोगाउन कर्मचारी यूनियनका पदाधिकारी नै शक्ति केन्द्र धाउन थाल्नुले प्राधिकरणलाई असफल बनाउने योजनाले काम गरेको छ ।
ऊर्जा मन्त्रालयले सुरु गरेको सुधार अभियान मन नपराएका केही सिमित व्यक्तिले जसरी भएपनि सुधार अभियानलाई असफल बनाउने, चोरीमा संलग्नलाई कारवाही हुनबाट रोक्ने तथा आगामी दिनमा समेत थप चोरी गराउन उक्साउने, दण्डहिनता बढाउने तथा भ्रष्टाचारलाई संस्थागत गराउने योजना बनाएका छन् ।
उद्योगसँग मिलेर राज्यलाई नोक्सान पुर्याएको आरोपमा पक्राउ पर्नेमा ९ जना बहालवाला कर्मचारी, ४ जना ब्यापारीलाई केही दिन पहिले प्रहरीको अपराध महाशाखाले पक्राउ गरेको थियो ।
यस्तै व्यापारीसँग मिलेर लोडसेडिङ बढाउन मद्दत गरेको र बिजुलीको मिटर बिगारेर चुहावट गरेको भन्दै प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई पक्राउ गरेको थियो ।
महानगरीय अपराध महाशाखाको टोलीले आइतबार पक्राउ गरेकामा बालाजु प्राधिकरणका सुपरभाइजर सुमन श्रेष्ठ,पूर्व मेन्टिनेन्स तलबहादुर कार्की, विद्युत प्राधिकरण हेटौंडाका कर्मचारी महादेव प्रधान लगायत छन् । पक्राउ पर्नेमा प्राधिकरणका ९ जना बहालवाला कर्मचारी छन् भने बाँकी अवकाशप्राप्त कर्मचारी र व्यापारी छन ्।
त्यस्तै प्रहरीले बानेश्वरमा कार्यरत प्राधिकरणका कर्मचारी अच्युत खड्का, दिलबहादुर साउद, ओम ढुंगाना, श्याम बस्नेत, प्रदीप शर्मा, सुर्यबहादुर थापा, ठाकुर महर्जन, मनिज श्रेष्ठ र भगवान पाण्डेलाई पनि पक्राउ गरेको छ । प्रहरीले ब्यापारी कुमार लामा, तपन घोष, परवेज आलम र रमेश चुडाँललाइ पनि पक्राउ गरेको छ ।
‘लोडसेडिङलाई मलजल गर्ने र घुस लिएर उद्योगहरूलाई बिजुली दिएको थाहा पायौं,’ महानगरीय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले भने, ‘त्यही अभियोगमा उनीहरूलाई पक्राउ गरेका हौं ।’ उनीहरुलाई चोरी र ठगी मुद्दा चलाइएको छ ।
दस वर्षदेखि मिटर बिगारेर राज्यलाई अर्बौं रकम घाटा पारेको देखिएकाले ठगी मुद्दा दायर गर्न लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले मिटर बिगारेर उद्योगसँग प्रतिमहिना कम्तीमा २५ हजारदेखि ३ लाख रुपैयाँसम्म उठाउने गरेका थिए ।
उनीहरूले १० वर्षभन्दा बढी समयदेखि पानी कारखाना, कपास कारखाना, चक्लेट कारखाना, बिस्कुट कारखाना लगायत उद्योग र राजधानीका मिठाइ पसलको मिटर बिगारेर मासिक रूपमा रकम उठाइरहेको प्रहरीले जनाएको छ ।
विद्युत् चोरीमा छुट्टा छुट्टै गिरोह
नेपाल प्रहरीले पक्राउ गरेका विद्युत् प्राधिकरणका कर्मचारीहरु मध्ये नेपाली काँग्रेस र नेकपा(एमाले) निकटका कर्मचारीहरुको संगठित गिरोह नै रहेको पाइएको छ ।
प्रहरीकाअनुसार पक्राउ परेकामा सूर्यबहादुर थापा लगनखेल वितरण केन्द्रका मिटर रिडिड सुपरभाइजर हुन् । उनी नेकपा(एमाले) निकटको कर्मचारी यूनियनका कर्मचारी यूनियनका इकाइ अध्यक्ष हुन् । यस्तै महादेव प्रधान कर्मचारी यूनियनका केन्द्रीय सल्लाहकार हुन् ।

यस्तै पक्राउ परेका मनिष श्रेष्ठ मिटर रिडर सुपरभाइजर हुन् । उनी रत्नपार्क वितरण केन्द्रमा कार्यरत छन् । उनी नेपाली काँग्रेस निकट कर्मचारी संघका केन्द्रीय कोषाध्यक्ष हुन् ।
अर्का इलेक्टिकल सुपरभाइजर सुमन श्रेष्ठ कर्मचारी संघका केन्द्रीय सदस्य रहेको भन्दै गृह मन्त्रालयमा पुगेर विद्युत् चोरीमा संलग्नलाई छुटाउन दबाव दिएका छन् । विद्युत् चोरीमा संलग्नलाई तत्काल छाड्न कर्मचारी संघ र युनियनका पदाधिकारीले प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिड, उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईलाई समेत घेर्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्