Logo

एक वर्ष भित्र तीनओटै तहको निर्वाचन हुने देउवाको दाबी



Spread the love

ser-bdr-deuba

नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले अबको एक कर्ष भित्र तिन ओटै तहको निर्वाचन हुने बताएका छन् ।  नेपाली काँग्रेस प्रजातन्त्रिक पार्टी भएकाले अव हुने चुनाव नेपाली काँग्रेसले जित्ने उनले दाबी गरे । तर काँग्रेसले जित्नाका लागि काँग्रेस पार्टीमा एकता हुन आवश्यक रहेको उनको जोड थियो ।  पार्टी एकता सल्यानबाटै सुरु हुने उनले बताए ।  एक वर्ष भित्र तिन ओटै तहको निर्वाचन गर्न सके संविधान पुर्ण कार्यन्वन हुने बताए ।

२००७ साल देखि नेपाली काँग्रेस प्रजातन्त्रकै पक्षमा रहेको ठुला ठुला कामगर्दै नेपालमा गणतन्त्र र संविधान पनि आफ्नै पार्टीका नेतृत्वले बनाएको उनले बताए ।

चुनाव जित्ने गरी जिल्ला तहमा सक्रियता बढाउन सम्पुर्ण पार्टीकार्यकर्तालाई निर्देशन दिँदै उनले स्थानीय निर्वाचनको तयारीमा लाग्न आग्रह गरे ।

तेस्तै पार्टी सभापति सँगै सल्यान आउनु भएका सहकारी विकास तथा गरिबी निवारण मन्त्री हृदय राज थानिले अव हुने चुनाव जित्ना कै लागि काँग्रेसको सम्पुर्ण शक्ती लगाउने बताए ।आफ्नो पार्टीलाई दुरुस्त चूस्त वनाउन काँग्रेसकालागि रहेको बताए ।

तेस्तै नेपाल शिक्षक महासंका केन्द्रीय अध्यक्ष केशव निरौलाले हिमाल, पाहाड र तराईलाई मिलाउने पार्टी नेपाली काँग्रेसमात्र भएको बताए ।

आफू अध्यक्ष भएको हैसियतले सम्पुर्ण शिक्षकहरूले उटाएका मागहरू सरकार सम्म पुर्याउनेउनले बताए।मुलुकको विकासका लागि सबै भन्दा शिक्षाको आवश्यकता भएकाले शिक्षकहरूको हितका लागि आफू निरन्तर लागि रहने बताए ।

नेपाल शिक्षक संघ  सल्यानको आयोजनामा सल्यान खलङगामा  शुक्रवार भएको कार्यक्रममा जननायक विपि कोइराला एव्म सहिद शिक्षकहरूको शलिक अनावरण समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्