Logo

चितवनमा शक्तिशाली सिलिण्डर बम विस्फोट



Spread the love
सांकेतिक तस्बिर

चितवन जिल्ला भरतपुर महानगरपालिका ५ तोरीखेतमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट भरतपुर महानगरपालिकाको ५ नम्बर वडा कार्यालयमा भएको हो । विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेका छन् भने विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएका छन् । घटना राति करिब १२ः३० बजे भएको थियो ।

जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो । विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै छ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरले बताए ।

घटना विप्लव निकट नेकपाले गराएको हुनसक्ने अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्