Logo

नेपाल सरकारले चार हजार बेरोजगार युवालाई स्वरोजगार बनाउँदै



Spread the love


२९ फागुन, काठमाडौँ । नेपाल सरकारले चार हजार बेरोजगार युवालाई नेपालमै स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले काठमाडौँ उपत्यकाका लगायत देशभरिका १६ देखि ४० वर्ष उमेर समूहका साधारण लेखपढ जान्ने, आर्थिक रूपले विपन्नता भएका व्यक्तिहरूलाई स्वरोजगार बनाउने भएको छ ।

स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने इभेन्टले यसवर्ष तीन हजार ६ सय ६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने इभेन्टका सूचना अधिकारी नेत्रनारायण पौडेलले जानकारी दिए । छोटो अवधिका तीन महिने उक्त तालीमपछि युवा आफैँ स्वरोजगार हुने पौडेलले बताए । ३ सय ९० घण्टा सञ्चालन हुने तालीममा इलेक्ट्रिसियन, सिलाइकटाई, जुनियर प्लम्बर, खाने पकाउने, कृषि, मोबाइल मर्मत, विभिन्न पहिरन निर्माण रहेका छन् ।

तालीमको लागि भृकुटीमण्डपमा आइतबारदेखि मङ्गलवारसम्म भौचर सङ्कलन गरिएको थियो । तालीममा प्रशिक्षार्थीलाई दैनिक ७५ रुपियाँ बराबरको खाजा समेत उपलब्ध गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्