Logo

सोसल मिडियामा नक्कली अकाउन्ट बनाएर अरूलाई निगरानी गर्छिन् करिना कपुर



Spread the love

 

फाइल तस्बिर

बलिउड नायिका करिना कपुर यस्तो सेलिब्रिटीमा हुन्, जो सोसल मिडिया प्रयोग गर्दिनन् । तर रबाज खानले होस्ट गर्ने कार्यक्रम पिन्चमा करिनाले सोसल मिडियामा आफ्नो फेक अकाउन्ट भएको बताएकी छिन् । खानले उनको फेक अकाउन्ट छ भनेर सोध्दा करिनाले भनिन्, ‘साँच्चै भन्नुपर्दा यसलाई फेक भन्न सकिन्नँ, यो सक्कली नै हो तर मेरो भिन्न पहिचानको छ । एक अपरिचित पहिचान ।

करिनाले आफू सोसल मिडियामा नभएपनि सबै कुराबारे जानकारी भएको बताइन् । उनका अनुसार यो एउटा जानकारी जुटाउने माध्यम हो । आफूले सोसल मिडियामा मानिसहरूले गरेको कमेन्ट पनि पढ्ने गरेको उनले उक्त कार्यक्रममा बताइन् ।’

आफूलाई निजी जीवनका तस्बिर सोसल मिडियामा अपलोड गर्न मन नपर्ने भएकाले आफूले आफ्नो वास्तविक आइडी नबनाएको उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्